राज्यमन्त्री रामकुमारी चौधरीद्वारा मुसहरी टोलमा आवास निर्माणको शिलान्यास, दलित वस्तीमा खुसीयाली छाए मात्र देश समृद्ध हुने

इटहरी । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले शनिबार सामुहिक आवास निर्माण शिलान्यास गरेकी छन् ।
राज्यमन्त्री चौधरीले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–९ पूर्व मुसहरी टोल मर्चैयामा १९ घर दलितका लागि निर्माण गरिन लागेको सामुहिक आवासको शिलान्यास गरेकी हुन् । यो सामुहिक आवास निर्माण संघिय सरकारको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गतको हो ।
यस टोलमा ४२ घर धुरी दलित समुदायको बसोवास छ । हाल १९ परिवारलाई आवास निर्माण गर्ने योजना अन्तर्गत शनिबार सिलान्यास गरिएको हो । शिलान्यासपछिको कार्यक्रमलाई सम्वोधन गर्दै राज्यमन्त्री चौधरीले नेपालका दलित समुदायलाई समृद्धिको यात्रामा सहभागि गराउन सरकार लागि परेको बताइन् । उनले भनिन्–‘सुखी नेपाली, समृद्ध नेपाल अभियानमा दलितहरु सहभागि हुनु पर्छ ।’ उनले दलित वस्तीहरुमा खुसीयाली छाए मात्र देश समृद्ध हुने र समाजवादको यात्रामा अग्रसर हुने विश्वास व्यक्त गरिन् ।
उनले सरकारले दलितका घर बनाइ दिएपछि त्यसको संरक्षण गर्ने जिम्मा घरवाला दलितहरुकै भएको कुरामा जोड दिइन् । सरकारले बनाइ दिएको त हो नि भन्ने भावना त्याग्न दलितहरुलाई उनले सुझाव दिइन् । उनले दलित दलितबीचको विभेद अन्त्य गर्न दलित अगुवाहरु अग्रसर हुनु पर्ने कुरामा जोड दिइन् । उनले अब समाजमा एक जातिले अर्को जातीलाई विभेद गर्न नहुने बताउदै समाजका विकृति विसंगित विरुद्ध एकजुट हुन युवाहरुलाई आग्रह समेत गरिन् ।
उनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तर्फबाट विनीयोजन गरिएको बजेट तथा कार्यक्रमबारे पनि प्रकाश पारिन् । उनले भनिन्–‘रामधुनी नगरपालिकाका लागि गाईं, भैसीं पालन, बंगुल पालन, तरकारी खेति, शित भण्डार निर्माण जस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् । उनले यस्ता कार्यक्रममा सहभागिता जनाउन दलित समुदायलाई आग्रह गरिन् ।
सो कार्यक्रममा रामधुनी–९ का वडा अध्यक्ष घनश्याम चौधरीले बाँकी दलित परिवारलाई क्रमागत रुपमा आवास उपलब्ध गराउदै जाने योजना रहेको सुनाए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सोही वडाका वडा सदस्य योगेन्द्र खड्काले दलित वस्तीमा शिक्षा, स्वास्थ्य, गास, वासको व्यवस्थापनमा सहयोग गर्दै जाने बताए । त्यसैगरी नेपाली कांग्रेसका प्रतिनिधि पुष्पलाल चौधरीलगायतले दलित हक हितका बारेमा बोलेका थिए । यो कार्यक्रमका संयोजक पुष्पलाल चौधरी (वडा सदस्य) रहेका छन् । आफूलाई सरकारले आवास निर्माण गरिदिने भएपछि त्यसबारे बुझ्न सोही मुसहरी टोलका २ सय बढी दलितहरु शिलान्यास कार्यक्रममा सहभागि भएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *