बराहक्षेत्र ४ को वडा कार्यालय भवन शिलान्यास

अच्युत भट्टराई ।
बराहक्षेत्र ।
बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ४ को वडा कार्यालय भवन निर्माणका लागि शिलान्यास भएको छ । शुक्रवार बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल द्वारा शिलान्यास भएको हो । जम्मा ६ कोठे भवन निर्माणका लागि ३४ लाख ६८ हजार ३ सय ४६ मा ठेक्का लागेको बराहक्षेत्र ४ का वडाध्यक्ष आशाराम चौधरीले बताए । अहिले बराहक्षेत्र ४ र ५ को कार्यालय साबिक भरौल गाबिसको कार्यालयमा संचालन भैरहेको छ । यसरी संयुक्त रुपमा कार्यालय संचालन हुँदा काम गर्न असहज भैरहेको अवस्थामा अब आफ्नै कार्यालय बने पछि राम्रो सेवा दिन सकिने अध्यक्ष चौधरी बताउँछन् ।
भवन निर्माणको ठेक्का पाएको राम निर्माण सेवाले असार १५ सम्ममा निर्माण पूरा गर्ने कम्पनीका प्रोपराइटर राम बहादुर रायमाझीले बताए । यो बराहक्षेत्र नगरपालिका कै सबैभन्दा सानो र कम जनसंख्या रहेको वार्ड हो । अब आफ्नै वडामा भवन निर्माण हुने भए पछि केही बिकासको महशुस हुने वडावासी हरु बताउँछन् । शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत प्रसाद दहाल जग्गा दाता प्रमिला कार्की , लगायत बुद्धिजीवी समाजसेवी हरुको उपस्थिति रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *