वाइसीएल सुनसरीद्वारा हावाहुरी पीडितलाई राहत वितरण

इटहरी । चैत्र १७ गते आएको हावाहुरीबाट पीडितलाई वाइसीएल नेपाली सुनसरीको टोलीले राहत वितरण गरेको छ ।
वाइसीएल नेपाल सुनसरी पूर्व जिल्ला अध्यक्ष सचिन नेपालको नेतृत्वको टोलीले आइतबार राहत वितरण गरेको हो । हावाहुरीबाट पीडित बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर १ का ८० घर परिवारलाई दाल, चामल, चाउचाउ, विस्कुट, भुजा, चिउरा, मिनीरल वाटर वितरण गरेको वाइसीएल नेता सचिन नेपालले जानकारी दिए । उनका अनुसार करिब २ लाख बराबरको खाद्य सामग्री वितरण गरिएको हो ।
नेपालको नेतृत्वमा वाइसीएल सुनसरी उपाध्यक्ष मनकुमार राई, इटहरी नगर अध्यक्ष नवीन तामाङ्ग, सचिव सरोज गिरी, नवीन चौधरीलगायतको टोली राहत वितरणका लागि गएको थियो । वाइसीएललाई माउ पार्टी, र विभिन्न सहयोगी हातहरुले राहत जुटाउन सहकार्य गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *