वैज्ञानिक कम्युनिष्ट पार्टी सुनसरी संयोजकमा सुरज राई

इटहरी । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको सुनसरी जिल्ला समिति गठन भएको छ । सुरज राईको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको हो । सदस्यहरुमा अनिसा चौधरी, उदिप ठटाल, कविता राई, सम्झना परियार, मिना परियार, निलिता परियार, इन्दिरा रणपाल, सन्दीप नेयोङ्ग, अम्बरबहादुर दर्नाल, निधिनाथ खनाल, तुलसी खनाल रहेका छन् ।
बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणका निम्ति बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान समितिद्वारा आयोजित भेलालाई अभियान समिति सदस्य राजकुमार हिङमाङले सम्बोधन गरेका थिए । उ नले अब नेपालमा पुराना कम्युनिष्टहरुको नेतृत्वमा वैज्ञानिक समाजवादी क्रान्ति सफल नहुने बताए । क्रान्ति सफल बनाउन नयाँ कम्युनिष्ट पार्टीको आवश्यकता छ, उनले भने । आजको फेरिएको उत्पादक शक्ति बिज्ञान प्रबिधिमा आधारित कम्युनिष्ट आन्दोलनको आवश्यक परेकोमा उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *