याम्फू जातीको चलचित्र सेनुङ–फु इटहरीमा प्रदर्शन हुदै

इटहरी । याम्फू जातीहरूको पहिलो र ऐतिहासिक नेपाली कथानक चलचित्र ‘सेनुङ –फु’ को यहि चैत्र २४ गते इटहरीको सिने फ्लेक्स हलमा विशेष शो हुने भएको छ।
यस चलचित्रमा विशेषगरी याम्फू जातीहरूको संस्कार, संस्कृति, रिती रिवाज, रहन सहनलाई निकै नै कलात्मक ढंगले प्रस्तुत गरिएको कुरा परिकल्पनाकार तथा निर्माण संयोजक रञ्जित गेसाले बताए । गेसाकाअनुसार पूर्वी नेपालको निकै नै रमणीय तथा फ्रेश लोकेशनमा छायांकन गरिएको यस चलचित्रमा याम्फू जातीको कथा उठान गरिएता पनि यो प्रेम कथामा आधारित विशुद्ध नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा राजेश पायल राई, मेलिना राई, प्रेम याम्फू, बद्री याम्फू, नौली याम्फूको स्वर र सोम याम्फूको संगीत सुन्न सकिन्छ ।
त्यस्तै कलकारहरूमा मेनुका याम्फू, कञ्चन याम्फू, रञ्जित गेसा, रूबिना लामा बिनोद याम्फू आदिको मुख्य भूमिका रहेको छ । अशोककुमार याम्फू र मुलुक सिङ याम्फूको पट कथा र रञ्जित गेसाको परिकल्पना र निर्माण संयोजनमा बनेको यस चलचित्रमा बिनोद याम्फूको लेखन र निर्देशन रहेको छ । यसको लागत करिब करिब ७० लाखको हाराहारी पुगेको जानकारी निर्माण संयोजकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *