नन्दुकुमार थापाले विज्ञप्ति जारी गर्दै राजनीति छाडे, थापाले भने–विप्लव नेकपालाई समर्थन छैन, पार्टीको कार्यक्रममा जान्न

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–५ बस्ने नन्दुकुमार थापाले अब कुनै पनि पार्टीको गतिविधिमा सक्रिय नहुने घोषणा गरेका छन् । उनले विहीवार एक विज्ञप्ति प्रकाशित गर्दै राजनीतिबाट निश्क्रिय रहने सार्वजनिक घोषणा गरेका हुन् । उनले विगतमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको समर्थन गरेको जनाए पनि अब भने सो पार्टीको समर्थन पनि नगर्ने र पार्टीको कार्यक्रममा प नि सहभागि नहुने बताएका हुन् ।
उनले २०७४ चैत्र १० गते बम विष्फोठको आरोपमा आफूलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी झुठा मुद्दा चलाएको कुरा विज्ञप्तिमा उल्लेख गरेका छन् । तर, उनीमाथिको आरोप पुष्टि नभएपछि सुनसरी जिल्ला अदालतको आदेशमा २०७५ चैत्र १५ गते कारागार मुक्त भएको पनि विज्ञप्तिमार्फत नै जानकारी दिएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘नेपाल को कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि विभिन्न घटकमा आवद्ध नभैकन राम्रो क्रियाकलापको समर्थन र नराम्रो कामको बिरोध गर्दै आउने क्रममा पछिल्लो पटक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पनि राम्रो कामको समर्थन गर्दा प्रहरीद्वारा मिति २०७४ चैत १० गते बम बिष्फोठको झुठो मुद्दा लगाइयो अन्ततः२०७५ फागुन गते अदालतले निर्दोष साबित गरी कारागारमुक्त भएको हुँदा अब उप्रान्त कुनै पार्टीको कार्यक्रम वा अभियानमा समेल नहुने भनी सबै सरोकारवालामा यसै बिज्ञाप्तिमार्फत जानकारी गराउछु ।
नन्दु कुमार थापा, इटहरी– ५ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *