यी हुन् भाग्यमानी आमाछोरी जसलाई एउटै सरकारी अफिसमा काम गर्ने अवसर जुर्यो

इटहरी । सरकारी सेवामा पछिल्लो समय महिला आकर्षण बढ्दो छ, यसैकारणले पनि होला इटहरी उपमहानगरपालिका कार्यालय मा आमा–छोरीलाई सँगसँगै काम गर्ने अवसर जुरेको छ । छोरी प्रकृति चौलागाई शाखा अधिकृतको रुपमा र आमा चन्द्रादेवी चौलागाई नायब सुब्बाको रुपमा काम गर्ने अवसर जुरेको हो । लोकसेवा पास गरेपछि छोरी प्रकृतिको पहिलो पोष्टिङ्ग घरपायक इटहरीमै पर्यो। उनी यहि चैत्र ३ गतेदेखि इटहरी उपमहानगरपालिकामा हाजिर भएकी हुन् । आमा चन्द्रा भने लामो समयदेखि यस कार्यालयमा कार्यरत छन् ।
छोरी उपभोक्ता हित संरक्षण शाखा अधिकृत हु्न् भने आमा वातावरण शाखामा कार्यरत छन् । आमा अहिले ५२ बर्ष लागिन् भने छोरी २३ बर्ष । आमा छोरी दुबैको शाखा एउटै प्लाटमा ओल्लो कोठो पल्लो कोठो छ ।
आल्मुनीयम र शिशाले प्लाट पार्टेशन गरिएकोले आमा छोरीले एक अर्कालाई सजिलै देख्न सक्छन् । उनीहरुको घर इटहरी वडा नम्बर ९ शंकरलाल चौक हो । उनीहरुले आमाछोरी एउटै अफिसमा सँगै काम गर्न पाउदा गौरव महसुस भएको बताए । स्कुटीमा उनीहरु सँगै सँगै अफिस आउने गर्दछन् । हाल सरकारी सेवामा महिलाको संख्या करिब २३ प्रतिशत छ ।

876Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *