पूर्व जनमुक्ति सेनाको सुनसरी भेला सम्पन्न

धरान । सुनसरीको बिभिन्न ठाउँमा बसोबास गर्दै आएका पूर्व जनमुक्ति सेना संगठित हुन थालेका छन् । उनीहरुले धरानमा शनिबार प्रथम जिल्ला भेला सम्पन्न गरेका छन् । भेलाबाट अध्यक्षमा प्रदीप श्रेष्ठ(सौगात) तीन उपाध्यक्षहरु रामचन्द्र बस्नेत, सबीना राई(बन्दना), मिसन शेर्पा रहेका छन् ।
सचिवमा सूर्य तामाङ, तीन सहसचिवमा बिहानी राई, दीपक अधिकारी, लिला मेहता रहेका छन्। त्यसैगरी, कोषाध्यक्षमा सन्दिप रहेका छन् ।
भेला धरान–१५ श्याम चोक गुम्बामा भएको थियो । भेलाबा ५१ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । कार्यसमितिलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता आइन्द्रबिक्रम वेघाले कार्यक्रममा उपस्थित भएर साथै आफ्नो फेसबुकबाट वधाई एवम् शुभकामना दिएका छन् ।
भेलामा जनयुद्ध र जन आन्दोलनका सहिद परिवार, पूर्व जनमुक्ति सेना, घाइते अपाङ्ग अयोग्य भनिएका योद्धाहरुलाई राष्ट्रिय सम्मान सहितको परिचय पत्रको व्यवस्था, उनीहरुका परिवारलाई रोजगारी, सहिद तथा बेपत्ता परिवारका छोराछोरीलाई निःशुल्क शिक्षाबारे छलफल गरिएको नवनिर्वाचित अध्यक्ष प्रदीप श्रेष्ठ (सौगात) ले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *