आइतबारदेखि इटहरी रङ्गशालामा मेयरकप प्रतियोगिता सुरु हुने

इटहरी । इटहरी उपमहानगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरी इटहरीमा चैत्र १० गते देखि मेयर कप सञ्चालन हुने जानकारी गराएको छ । १० गते आइतबारदेखि हुने भनिएको मेयर कपमा फुटबल, भलिवल, क्रिकेट, तेक्वान्दो लगायतका खेल खेलाइने छ । इटहरी उपमहानगरपालिकाले दिएको जानकारी अनुसार चारवटा खेलका लागि २० लाखको बजेट छुट्याइएको छ । फुटवल तर्फ प्रथम पुरस्कार १ लाख दोश्रो ५० हजारको हुनेछ । फुटबल खेलमा इटहरी उपमहानगरपालिकाका २ वटा टिम, धरान उपमहानगरपालिका, इनरुवा, रामधुनी, दुहवी, बराहक्षेत्र, गढी गाउँपालिका गरी ८ वटा टिमले भाग लिने छन् ।
सो पत्रकार सम्मेलनमा निकट भविष्यमानै इटहरी भित्र रहेका माध्यमिक विद्यालयहरुबीच अन्तर मावि स्तरीय महिला फुटबल प्रतियागिताको आयोजना गरिने उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
यो प्रतियोगिताको अवसरमा साफ च्याम्पियनशिप महिला फुटवल प्रतियोगितामा उत्कृष्ट गोल गर्ने इटहरीकी खेलाडी रेखा पौडेललाई इटहरी उपमहानगरले सम्मान गर्ने भएको छ । चैत्र ८ गते विराटनगरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी पौडेलले पु¥याएको योगदानको इटहरी उपमहानगर उच्च प्रशंशा गरेको छ । पत्रकार सम्मेलनमा इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीलाई खेल क्षेत्रको रुपमा विकास गर्न उपमहानगर लागि पर्ने बताए । उमपेयर लक्ष्मी गौतमले सूचक तयार गरेर ती सूचक पूरा गरेपछि इटहरीलाई स्पोटर्स सिटि घोषणा गरिने बताइन् । पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ्गले मेयरकप खेलकुद प्रतियोगिताले खेलाडीको मनोवल वढाउने र नयाँ खेलाडी उत्पादनमा योगदान पु¥याउने बताए । पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता संयोजक केशव कार्की, भलिवल संयोजक विक्रम थापा, क्रिकेट संयोजक सीपी पौडेल, तेक्वान्दो संयोजक ईश्वरविक्रम शाहले पत्रकारहरुले राखेको जिज्ञासामा प्रष्ट्याएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *