सिक्कीमको प्रगतिबाट नेपालले अनुकरण गर्नु पर्ने


शालिग्राम पाण्डे
संरक्षित बचत तथा ऋण सहकारी संस्था लि. इटहरीले विगतका वर्षहरुमा झैं यस वर्ष पनि संस्थाका शेयर सदस्यहरुलाई अबलोकन भ्रमणमा लाने निर्णय ग¥यो । संस्थाले ३० जना शेयर सदस्यहरुलाई अबलोकन भ्रमणमा लैजाने निर्णय गर्नुका साथै कहाँ कहाँ जाने कतिदिनको सयम निर्धाराण गर्ने भन्ने बारेमा ५ दिनको समय सिमा तोकियो । भ्रमणमा जानका लागि धेरै अनुभव बटुलेको सबैका मन मस्तीस्कमा भिजेको मनकामना दर्शन प्रा.लि. इटहरीलाई जान आउन गाडीको व्यवस्था, भ्रमणमा खाने व्यवस्था, सुत्ने व्यवस्था, चिया, नास्ता आदी सबै खर्च मनकामना दर्शन प्रालिलाई दिने निर्णय गरिएको रहेछ । भ्रमणमा सहभागि सबै जना मिति २०७५ फागुन ९ गते बिहान ६ बजे संरक्षित सहकारी संस्था अगाडी जम्मा भएर सर्व प्रथम काँकरभिट्टा प्रस्थान गरियो चारआलीमारहेको पाथीभरा (पाथीभरा देवीले पहिलो पाइला टेकेको स्थान)देवीको दर्शन गरियो त्यस पश्चात खाजा खाई काँकरभिट्टा प्रस्थान गरियो । काँकड भिट्टामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)का पदाधिकारीहरु संग परिचयात्मक कार्यक्रम र छलफल गरियो । एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीको स्थापना , देखि हाल सम्मका उतारचढावका विषयमा जानकारी गराउनु भयो । संस्था के कसरी चलेको छ, के कस्ता कार्यक्रम गरेर संस्था जनमानसनमा भिज्न सकेको छ । यति ठूलो संस्था(६०हाजर भन्दाबढी शेयर सदस्य रहेको) लाई कसरी नियन्त्रण तथा व्यवस्थापन गरिएको छ ? आदी बारेमा जानकारी गराउनु भयो । एनएमसी को स्थापना २०४९सालमा भएको संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा रहेको र हाल सम्म विर्तामोड, चन्द्रगढी, सुरुङा, चारआली, बनियानी, शरणामति, बुधबारे, धुलाबारी, शनिश्चरे, बाहुनडाँगी , इटाभट्टा, भद्रपुरमा गरि १२वटा शाखा रहेको जानकारी एनएमसीबाट प्राप्त भयो । प्रधान कार्यालय, शाखा कार्यालय र तीन दर्जन भन्दा बढी सेवा केन्द्र मा गरि करिव ५ सय कर्मचारी कार्यरत रहेको संस्थाका पदाधिकारीहरुबाट जानकारी प्राप्त भयो । एनएमसीमा करिव एक घण्टाको छलफल पछि चियाखाएर हामी कन्याम तर्फ प्रस्थान ग¥यौ ।
हामी करिव १.३० बजे कन्याम पुग्यौ ,कन्यामको चिया बगानको हरियाली र बगानको सुन्दरताले हामीलाई लोभ्यायो (केही समय आकर्सित ग¥यो) । कन्याम, फिक्कल, पशुपति नगर आदीको दृष्यलाई हेर्दा वास्तवमा हाम्रो देश नेपाललाई प्रकृतिक सुन्दरताले भरिएको अर्थात प्रकृतिले उपहार दिएको भान हुने । कति सुन्दर, ठाउँ, रमाईलो वातावरण, मन फुरुङ्ग हुने , जतिहेरे पनि हेरि रहँुजस्तो सुन्दरतामा रमाउँन पाउँदा भोक पनि हराउने ,तीर्खा , थकाई दीक्दारी आदी सबै मेटाउने । कन्यामको चिया बगान, यहाँका बोटविरुवा, जनावर, चरा चुरुङ्गी, मानव वस्ती, हावापानी कति सुन्दर । हरियाली, रमणिय दृष्य, सुन्दर दृष्य प्रकृतिले दिएको बरदान भएकाले हामी नेपाली सौभाग्यशाली छौं ।विविधता युक्त हरियाली सबै थरीका बोट विरुवा । भनिन्छ इलाममा ५ अ (अलैची,ओल, अकबरे, अम्लीसो, अदुवा)ले इलाम वासीलाई सम्पन्न बनाएको छ । त्यसमा चिया बगानको सुन्दरता थपमा विभिन्न हेर्नलायक ,घुम्नलायक दृष्यहरु प्रकृतिको सुन्दरताले धपक्कै बलेको देश नेपाल । अनि त विदेशीहरुले नेपाललाई बेहुली झैं सिगारिएको देश भनेर चिन्ने गर्दछन् , नेपालमा भएका धार्मिक स्थलहरु, नदिनालाहरु, तालहरु,झरना, पाहाडका सुन्दर टाकुरा, गुफाहरु, विस्वको उच्च शिखर सरगरमाथा अन्नपूर्ण, लोत्से, माछापुच्छ्रे जस्ता हिमालहरु सबै रमाँइलो हेरीरहुँ बसी रहँु जस्तो दृष्य ।
वास्तवमा नेपाल विस्वकै सुन्दर देशमा पर्दछ सबैले नेपालको सुन्दरताको प्रसंसा गर्दछन् । यहाँको हावापानीको विविधता, वनस्पतिहरुको विविधता, हिमाल ,पाहाड, तराई हावापानी र ठाउँ अनुसारको वनस्पति रहेको पृथ्वीमा चाहिने सबै गुणले भरिपूर्ण देश नेपाल । बुद्धको जन्मभुमी , जनकले बुद्धि दिएको देश नेपाल, शान्तिको प्रतिक , सगरमाथाको उच्च चुचुरोले विस्वमा चिनिएको देश नेपाल । सिता,भृकुटी जस्ता धेरै नारीहरुले आप्mनो समय अनुसारको योगदान दिएर नेपाललाई विस्वमा चिनाएको पवित्र भुमी बनाउनमा अहमभुमिका निर्वाह गरेको । यहाँको वातावरण, हावा पानी सबै लोभ लाग्दो । कन्यामको लोभलाग्ग्दो सुन्दर दृष्यलाई हामीले टपक्क टिप्न नमिल्ने , गोजीमा , झोलामा हालेर लान नमिल्ने भए पनि कन्यामको सुन्दरताको दृष्यलाई क्यामेराको सहायताले फोटो खिचेर राख्न हामी उछिनपाछिन गर्न थाल्यौ ।
कन्यामको सुन्दरता रमाइलोले हामीलाई लोभ्याइ रहेको भए पनि हामी कन्याम संगको रमाइलोलाई क्यामेरा फोटोमा सीमित गर्दै फिक्कल पुग्यौ। बाटोमा धेरै राम्रा दृष्यहरु भए पनि हामीलाई ९ गते साँझ भारतको दार्जिलिङ शहर पुग्नै पर्ने सेडु्युलले गर्दा ती रमणिय दृष्यलाई हेर्न सकिएन , रमणिय दृष्य संग रम्न सकिएन । हामी फिक्कल पुगेर खाना खायौ फिक्कलको खाना सारनैै मिठो । खाना मिठो होटल मालिक, कर्मचारी सबैको बालीचाली ,व्यवहार राम्रो । नेपालीहरु पाहुनालाई देवता झै मान्ने गर्दछन् भन्ने भनाई फिक्कलमा खाना खाएको हेटलाका साहु तथा कर्मचारीको व्यवहारबाट प्रष्ट हुन्थ्यो । फिक्कलमा खाना खाए पछि हामी पशुपतिनगर हुँदै दार्जिलिङ प्रस्थान ग¥यौ , पशुपति नगरबाटै तुसारो परेकाले जाडो बढेको थियो हुस्से लागेको ले यात्रामा बाहिरको दृष्य राम्ररी देखिदैनथ्यो । हामी दर्जिलिङ करिव ५.३० बजे पुग्यौ । दर्जिलिङको बतासे डाँडामा शहिद स्मारक हेर्न लायक रहेछ प्रथम विस्वयुद्ध देखि अहाल सम्मका शहिदहरुको नाम सो शहिद स्मारकमा लेखिएको रहेछ । दिन धुम्म परेकोले फोटो खिच्न उपयुक्त बातावरण भएन । शहिद स्मारकबाट हामी दार्जिलिङ होटल गयौं , दार्जिलिङ होटलमा ब्याग राखेर दार्जिलिङको चौरस्ता गयौ साँझ परि सकेकाले चौरास्ताको अबलोकन त्यतिराम्रो हुन पाएन , साँझ परेकाले फोटो सेसन पनि पनि त्यति राम्रो भएन । बेलुका खाना खाएर आ –आप्mनो बेडमा सुत्यौ । दार्जिलिङको पानी चिसो, सो दिन हलुका पानी परेकाले जाडो निकै थियो हात खुट्टा चिसा भएका थिए तर सुते पछि हात खुट्टा एकै छिनमा ताते छन् निन्द्रा राम्रै लाग्यो । १० गते विहान ५ बजेको सुर्योदयको दृष्य हेर्न विहान ४ बजे उठेर हामी हिल टाइगर जान तयार भयौं । हामीलाई दार्जिलिङको ट्याक्सीले टाइगर हिल पु¥यायो टाइगर हिलमा असाध्य जाडो थियो । स्थानियका अनुसार टाइगर हिल २हजार ५ सय ८५ मिटरको उचााइमा रहेको छ । टाइगर हिलबाट कन्चनजङ्गा हिमाल नजिकै जस्तो लाग्ने सफा सेतो हिमाल प्रष्ट देख्न सकिने रहेछ । सूर्योदयको दृष्य हेर्नेको भिड लागेको थियो दार्जिलिङ घुम्न वा आफन्त संग भेट गर्न गएका मध्य अधिकाँस मानिहरु सूर्योदयको दृष्य हेर्न टाइगरहिल जाँदा रहेछन् , जसले गर्दा पर्यटन फस्टाएको यातायात व्यवसायी लगायत अन्यको व्यापार व्यवसाय राम्रो चलेको अवस्था पाइयो । सूर्योदयको दृष्य हेर्न करिव आधा घण्टा टाइगर हिलमा कुर्नु प¥यो । हुस्से लागेकोले अरु दिन जस्तो सूर्योदयको दृष्य राम्रो संग देख्न पाइएन । र पनि सूर्य देखिए पछि मानिसहरु खुसीले मारेफुल्ली भएर रमाए । सूर्योदयको फोटो लिनेहरु एक आपसमा तँछाड मछाड गर्दै फोटो लिए । हामीले पनि केही फोटोहरु खिच्यौ त्यस पछि हामीलाई टयाक्सीले रक गार्डेन पु¥यायो । रकगार्डेन जाँदा सम्म करिव बिहानको ७ बजेको थियो रक गार्डेन जाँदा भने मौसम खुलेको थियो विहानी पखको घाम भएकाले रक गार्डेनमा भने फोटो सेसन रामै्र चल्यो । रक गार्डेनको अवलोकन गरि फोटो लियौ , राम्रा राम्रा दृष्यको फोटोलिन पाउँदा सबै दंग थियौ । रकगार्डेन अबलोकन गरेर टी गार्डेन तर्फ लाग्यौ मौसमले साथ नदिएको र समय छोटो भएकाले टी गार्डेनलाई महत्व दिएनौ किनकी हाम्रो नेपालमा इलाम , कन्याम आदी ठाउँमा घुमि सकेको , अबलोकन गरि सकेकोले सबैले समयलाई मध्य नजर गरेर चिडीयाखाना(जू) हेर्न पट्टी लाग्यौ । जूमा धेरै प्रजातिका चराहरु जनावरहरु थिए । सके सम्म जूमा भएका चरा तथा जनावरहरुको अबलोकन गरियो साथै फोटो पनि खिचियो । त्यस पछि तेन्जीङ नोर्गेसेर्पाले हिमाल चढ्दा प्रयोग गरेका सामग्रीहरुको अवलोकन ग¥यौ । त्यस पछि १० गते दिउसोको खाना खाने कार्यक्रम दार्जिलिङ होटलमा रहेकाले हामी दार्जिलीङ होटल पुग्यौ र होटलमा खाना खाएर करिव १.३० बजे भारतको सिक्कीम प्रान्तमा पर्ने नाम्ची भन्ने ठाउँमा चारधाम रहेकाले त्यस तर्फ प्रस्थान ग¥यौ ।
नाम्ची जाँदा मल्लीमा रहेको तिष्टा खोलाको पुल तरे पछि सिक्की प्रदेशको भन्सार कार्यालय आउने रहेछ त्यहाँ हाम्रो भ्रमण टोलीमा रहेका ३० जनाको सक्कल नागरिकता राखेर मात्र हामीलाई नाम्ची जान दिइयो । नाम्ची जाने सडक विस्तार हुँदै रहेछ त्यसैले हाम्रो गाडी लगायत धेरै गाडीहरु जाममा परे हामीलाई कसैले नाम्ची जानलाई बैकल्पीक सडक छ भने पछि हामी वैकल्पीक सो बैकल्पीक सडक भएर नाम्ची पुग्ने हेतुले वैकल्पीक बाटो गयौ तर सो बाटो विचमा विग्रीएको रहेछ । हामी अर्को गाउँमा जाने बाटो गएछौं त्यहाँ करिव ८ किमी दुरी पार गरे पछि बाटो टुङ्गीयो हामी अलपत्र प¥यौ र पुन फर्केर मल्ली(सिक्कीम राज्य र बंगाल राज्यको सिमाना) आयौ त्यति खेर सम्म गाडीको जाम खुली खुली सकेको थियो । हामी नाम्ची साँझको करिव ९.३० बजे पुग्यौं ।
१०गते बेलुकाको खाना खाएर राती नाम्चीको होटलमा बस्यौ बिहान सिक्कीम राज्यमा पर्ने सुम्बुकको चारधाम (बद्री,केदार, जगन्नाथ, रामेश्वर)घुम्यौ । नेपाल र भारतमा तीर्थ यात्रा गर्दा तथा भगवानको दर्शन गर्दाको फरक चारधाममा पाइयो ।आज सम्म भगवानको दर्शन गर्न जाँदा मन्दीर प्रवेश गर्ने द्वारमा जूत्ता राख्ने ठाउँ र फूल प्रसादी विक्रि गर्ने पसल, दुखी, अशक्तहरु , योगी(बाबाजी)हरुको लाइन हुने गर्दथ्यो । भगवानको दर्शन गर्न जाने भक्तजनहरुले दिएको मुठीदान र भेटीले सयौको जिविका चलेको देखिन्थ्यो तर चारधाममा त्यो पाइएन चारधामलाई व्यवस्पन समितिले सरसफाईमा ध्यान दिएको पाइयो । चारधाम एकदमै सफा थियो शौचालय ठाउँ ठाउँमा थिए देनिक आठ दशहजार मानिस आउँदा पनि शौचालयको समस्या नहुने स्थानियले बताए । स्थानियले बताए अनुसार अप्रेल र सेप्टेम्वर महिनामा दैनिक करिव १० हजार मानिसले चारधामको दर्शन गर्ने गरेका र जापान थाइल्याण्ड देखिका मानिसहरु आउने रहेछन् । सिक्कीममा चार धाम बने पछि २०११मा नभेम्वरमा शंकराचार्यबाट प्राण प्रतिष्ठा भएको रहेछ । नेपालमा बराह क्षेत्र, मुक्तिधाम भारतमा हरिहर क्षेत्र र कुरुक्षेत्र रहेको स्थानियले बताए । चारधाम रहेको स्थानलाई पहिले सोलकफुृल भनिदो रहेछ चारधाम बन्नु अघि सो स्थानमा विभिन्न बोट विरुवा रहेछन् अर्थात सो स्थान जंगल रहेछ । क चारधाममा जुत्ता राख्ने ठाउँ व्यवस्थित रहेछ जुत्ता राखेर टोकन लिई भगवानको दर्शन गर्न गयौ करिव डेढ घण्टा चारधामको दर्शन गरेर फोटो खिची हामी फर्कियौ । भारतको सिक्कीम प्रान्तले धार्मिक पर्यटकहरु भित्राउन ठूलो लगानी गरेको रहेछ धेरै खर्च गरेर चारधाम जान नसक्नेहरुका लागि सिक्कीमको चारधाम एकै ठाउँमा सबै भगवानको दर्शन गर्न सकिने रहेछ । चारधामको दर्शन सकेर साहीबाबाको दर्शन गरि हामी खाना खाएर सिक्कीम प्रान्तको राजधानी ग्यान्तोक तर्फ लाग्यौ । सिक्कीम प्रान्तमा ४ वटा जिल्ला ६ लाख २० हजार जनसंख्या रहेछ । सिक्कीम राज्यमा बसोबास गर्ने राई, लिम्बु, गुरुङ, लामा, क्षेत्री बाहुन, लेप्चा आदी अन्य जातीहरु कममात्रा रहेको एक स्थानियले बताए । सिक्कीम राज्यले गरिव जनताका लागि कार्ड बनाई दिएको रहेछ कार्ड लिएर जाने जनतालाई विशेष सहुलियतमा खाद्यान्न पाइने रहेछ । विद्यूत महसुल पनि धेरै सरल स्थानियले बताए अनुसार गाउँघरमा बत्ति जति सुकै बाले पनि भारु १० तिरे पुग्ने रहेछ । सिक्किममा फपूmल मा सुन्तला कागती फल्ने अन्नबालीमा धान, मकै आदी हुने रेहछ । नेपालको पूर्व पाहाड जस्तै सिक्कीम जाँदा हामीलाई आप्mनै देशमा भएको अनुभुति भयो । सबै नेपाली बोल्ने रहन सहन, भेष भुषा, आदी सबै पूर्वीपाहाडको जस्तै । डाँडा काँडामा नेपालको जस्तै गरि यातायातको सुविधा नेपालको तुलनामा १ नं. प्रदेश र भातरको सिककीम प्रदेशको तुलना गर्दा त्यहाँ धेरै बजेट छुट्याइएको । धेरै विकास भएको । जनतालाई धेरै सुविधा दिइएको रहेछ , सिक्कीमका जनता बैदेशीक रोजगारमा एका दुईमात्र जाँदा रहेछन् स्थानिय युवाहरु संग बैदेशिक रोजगारमा जानुहुन्न भन्ने जिज्ञासा राख्दा हामीलाई यही काम प्रसस्त छ किन विरानो मुलुक (विदेश) जानु भन्ने खालको भावना उनीहरुले प्रकट गरे । हामी नेपाली भने पछि उनीहरुले घनिष्टताको भाव देखाए । हामी एउटै भाषि, उउटै संस्कृति भएकाले सिक्कीमका जनता र नेपाल विचको भावनात्मक निकता भएको पाइयो ।
हामी चाम्चीबाट करिव ११बजे ग्यान्तोक प्रस्थान ग¥यौं विचमा तिष्टाको पुल छेउमा नास्ता खायौ विच विचमा विभिन्न ठाउँको अबलोकन गर्दै साँझ अन्दाज ६ बजे हामी ग्यान्तोक पुग्यौ । ग्यान्तोक पुगेर लालबजारमा रहेको क होटल लोनार्कमा बास बसी बेलुकाको खाना सोही होटलमा खायौ । बिहान अं ६ बजे नास्ता खाँएर ट्याक्सीमा छम्बुलेक प्रस्थान ग¥यौ । छम्बुलेकमा हिउँ परेको चिसो ठाउँ केबुलकार पनि थियो । छम्बुलेक १२१०० मिटर उचाइमा रहेछ । हामी गुरु डङमार लेक १७२०० फिट, ० पइन्ट १५७४८ फिट, युमथाङ भेल्ली १२८०० फिट, काटोआ १४३०० फिट, ल्याचुङ ७८०० फिट, चोप्ता भेल्ली, लाचेन ७२०० फिट, नाथुला पास १४३००फिट, बाबा मन्दीर १३८०० फिट , टोसी भ्यू पइन्ट, मान्दा किमल फल्स, सेभेन सिस्टर फल्स, ¥याङ¥या , माङगान, नागा फल्स, छुङथाड –तिष्टा नदी शुरु भएको स्थान) भिम नाला फल्स आदी हेर्न लायक दृष्य रहेछन् । भारतिय सेनाले हिउँ पन्छाएर बाटो खुलाएका रहेछन् डाँडा काँडा सबै हिउले ढाकेको थियो । सिक्कीमा घुम्नकालागी १३ पइण्ट भए पनि हामी छम्बुलेकमात्र पुग्यो हामी संग समय नभएकोले अन्य ठाउँ घुम्न सकिएन । हिउँ खेल्न छम्बुलेक जाने को भिड लाग्दो रहेछ । दिउसो २ बजे पछि छम्बुलेकमा मानिसलाई प्रवेश गर्न नदिने भएकाले अधिकाँस मानिस विहान छम्बुलेक गएर करिव १२ बजेतिर फर्किने गर्दा रहेछन् । फागुन १२ गते छम्बुलेकबाट फर्केर खाना खाई ग्यान्तोकको बजारमा किनमेल गरि १३ गते बिहान खाजा खाएर ग्यान्तोकबाट हामी नेपालका लागि प्रस्थान ग¥यौ । हामी रम्फु छेउमा खाना खायौ । मनकामना दर्शन प्रालिका कर्मचारी विष्णु खड्का, चालक , सहचालक आदीले हाम्रो यात्रामा राम्रो सहयोग गरेकाले वाहाहरुलाई हामीले बाटोमा नै एक कार्यक्रम संचालन गरि सम्मानका साथ पुरस्कृत ग¥यौ । विचमा हामीले सिलीगुडी छेउको सिटी सेन्टर र पानी ट्याङ्की बजारमा केही किनमेल ग¥यौ र इटहरी बेलुकाको करिव ६ बजे आइ पुग्यौ ।

1Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *