बिबाह रजत उत्सव बर्ष

फागुन २३ गते २०७५ को दिन यस पंतिकारका लागि रमाइलो रह्यो , २५ वर्ष गरिएको बिहको स्मरण गर्न पाउँदा रमाइलो नलाग्ने कुरै आएन । पंतिकारलाई जति रमाइलो उतिनै गुनासा सुन्न परेकोले मन ,मुटु र मस्तिक भित्र कता कता नमिठो पनि लागी रह्यो । मोरंग जिल्ला साविक बबिया विर्ता गाविस वार्ड नं.१ हाल परिवर्तित रंगली (निवासी खेचेर बहादुर र अम्बिका देवी वस्नेतकी छोरी मेनुका वस्नेत संग पंतिकारको २०५० साल फागुन २३ गते शुभविबाह सम्पन्न भएको थियो । पंतिकारलाई विबाह भएको २५ बसन्त विति सेको थाहानै थिएन , छोरा छोरी स्नातक तह उत्तीर्ण गरि सकेकाले आफुमा जिम्मेवारी थपिएको र छोरा छोरीहरुलाई सही बाटो हिडाउने प्रयत्न सोच विचार हुने महत्व पूर्ण समय हो । पंतिकारले तालिममा सिकेको कुरा सर्वप्रथम माििनसलाई गाँस,बास , कपास,शिक्षा , स्वास्थ्य , सुरक्षा नै हो त्यसमा पनि गाँस र वास अति आवस्यक पर्ने हाम्रो सामाजिक जनजीवनले प्रमाण्ति गरि रहेको छ । मानिसका गाँस र बासका समस्या समाधान भए पछि एक स्तर माथी उठ्ने , उसलाई भोलीका लागि केही सम्पत्ती आर्जन गर्ने इच्छा , घुमफिर गर्ने, रमाइलो गर्ने , आर्जन गरेको सम्पत्ती अनुसार सुख सुविधा खोज्दै जान्छ , आप्mनो नाम यसस्वी फैलाउन चाहन्छ । मासिस पद , पैसा र नाम को धोको हुन्छ यो स्वभािवक प्रकृया हो । मानिसको आयश्रोत बृद्धि भएर सम्पन्न भए पछि मानिस सुख सुविधा अर्थात विलासिता को जीवन यापन गर्न रुचाउँछ । र त्यसका साथमा आप्mनो नाम सर्वत्र छरियोस , सबैले सम्मान गरिदिउन् भन्ने चाहन्छ ।
मानिसको जीवन शैलीलाई कसै कसैको भने काया पलट भै रहेको हुन्छ भने केहीको भने रप्mतार सामान्य ढंगले चलेको हुन्छ । यस धर्तीका यीनै नियम व्यवहारलाई हेरेर , अनुभुति गरेर , संघर्ष गर्दै जाँदा २५ वसन्त पार गरिएछ । जन्मेको ५८ वर्ष भयो विबाह गरेको २५ वर्षँ भयो यो ठूलो कुरा पंतिकारले मानिरहेको थिएन । र पंतिकारले जन्म उत्सव समेत कहिल्यै मनाएको थिएन । फागुन दोश्रो साता देखि श्रीमति मेनुका वस्नेत पाण्डेले भन्न थालिन् हाम्रो विबाह भएको २५ वर्ष भएछ । एनीभर्सरी(रजत उत्सव) मनाउनु पर्ला । पंतिकारले श्रीमतिको भनाइमा त्यति चासो नराखे पनि हो २५ वर्ष भएछ भन्नै प¥यो र भनियो हो २५ वर्ष भएछ समय गएकोत यादै भएन । त्यस पछि श्रीमति , छोरा , छोरीको सर सल्लाह भएछ एनीभर्सरी मनाउने , सायद सररल्लाह भयो होला हुनु पनि फेसन यस्तै आएको छ । पंतिकारलाई श्रीमति मेनुकाले फेरी १६ गते फेरी भनिन् एनिभर्सरी मनाउने भनेको खै पैसाको जोहो गरेको ? एक छिनमा छोराको फोन आयो(छोरा भैरहवामा एलएलवी अध्ययनरत छन् ) बाबा तँपाईहरुको बेडीङ एनीभर्सरी मनाउनु त पर्छ यो अवसर हो भन्यो । म एक छिन जिल्ल परें र सल्लाह गरौंला भने १७ गते छोरीले फोन गरि(छोरी काठमाडौंमा बीबीए सकेर काठमाडौंमा जागिरको खोजीमा छन् ) बाबा एनीभर्सरी मनाउने तयारी गर्दै गर्नु म २० गते काठमाडौंबाट गाडी चढ्छु ।
पंतिकारलाई समस्या प¥यो फजुल खर्च गर्नु हुँदैन भन्ने मान्यता बोकेको मान्छे विबाहको एनीभर्सरी (रजत उत्सव) गर्ने भनेर श्रीमति , छोरा, छोरी सबै उत्साहीत देखिन्छन् । पंतिकारले एनीभर्सरी मनाउन पार्टीप्यालेस बुक गर्नु पर्छ, पत्रकार, वकील, आफन्त,दाजुभाई (पाण्डेबंश उत्थान समाज) छरछिमेक, नातागोता, विभिन्न संघ संस्था, पंतिकार कुनै राजनीतिक दलमा आबद्ध नरहे पनि श्रीमति मेनुका पाण्डे नेपाली काँग्रेसमा आवद्ध रहेकीले राजनीतिक दलका मानिस पनि बोलाउनै प¥यो । श्रीमति मेनुका पाण्डे र पंतिकार विभिन्न सहकारीमा आबद्ध भएकाले सहकारी कर्मीहरुलाई बोलाउनै प¥यो । छोराका साथीभाँई, छोरीका साथी भाई आदी गरेर कम्तिमा दुई हजार मानिस हुन्छन् । दुई हजार मानिसलाई राम्रो संग भोजन गराउँदा ५० लाख सामान्य गर्दा पनि १४ लाख खर्च हुने रहेछ । पंतिकारले जिन्दगीमा ३लाखा आय आर्जन गरेको छैन , पैत्रीक सम्पत्ती विक्रि गर्दै , दिनमा १८ घण्टा काम गरेर हाल सम्म जिवीको पार्जन हुँदै आएको छ । कहाँबाट त्यति ठूलो रकम खर्च गर्ने । त्यसमा पनि अब छोरा छोरीले अध्ययन करिव करिव सके विबाह गर्नै समय भएको छ । छोरा छोरकिो विबाहमा जग्गा विक्रि गरेर भए पनि खर्च गर्ने पर्छ तर एनीभर्सरीमा किन खर्च गर्ने भनेर पंतिकारले श्रीमति मेनुका पाण्डेलाई सम्झाउनु सिबाय अर्को उपाय थिएन । श्रीमति , छोरा, छोरीको सल्लाह लिनै प¥यो ।
श्रीमति मेनुकाले पनि सोचिछन् क्यार उनले वास्तवमा यति धेरै खर्च नगरौं तुलसीको आहुति दिन छ त्यही पुजामा परिवार भित्रका सिमित मानिसलाई बोलाउँ भन्ने सल्लाह भयो । परिवार भित्र भन्दा पनि पाण्डे वन्ध वंस उत्थान समितिलाई बोलाउने । पंतिकारकी श्रीमति खवतरी वस्नेतकी छोरी भएकाले बिराटनगर, इटहरी , इनरुवा गरेर सबै तिरका बस्नेतहरु आउने हो भने ५ हजारको हासाहारीमा आफन्त छन् । श्रीमतिका मामली सुतार कार्की उत्तीनै छन् श्रीमति मेनुका पाण्डेको माइति मामली खालमा लामो लहरो भएकाले नचिन्ने कोही छैनन् सबै आफन्त । ती आफन्तलाई बोलाउने हो भने पनि करिव ३ हजारलाई निम्तो दिएमा सबै आउन भ्याउदैनन् करिव एक हजार त अवस्य बोलाउनु पर्छ आउँछन् । हामीले त्यसमा पनि संसोधन ग¥यौ , पंतिकारले दाजुभाई र छोरीहरु, भान्जा भान्जीलाई मात्र बोलाउने , श्रीमति मेनुका पाण्डेको माइतिमा बढीमा ५ जना बोलाउने हामी दुवै यस कुरामा सहमत भयौ । छोरा छोरीलाई पनि हाम्रो सल्लाह सुनायौ र उनीहरुले पनि यसमा विमति जनाएनन् ।
फागुन २३ गते पूजा सकेर विबाह उत्सव शुरु गरियो वास्तवमा २५ वर्ष अघि हामी दुई जना एक आपसमा बोलचाल थिएन , बातचित थिएन , पंतिकारको मनमा मेनुकाको स्वभाव कस्तो छ के भनेर बोलाउने के भन्दा खुसी हुने हुन् के भन्दा रीसाउने हुन् , खानपिन, बोलीबचन, स्वभाव कस्तो छ ? त्यस्तै पंतिकारको बारमा श्रीमति मेनुका पनि अनविज्ञ उनमा पनि के कस्तो हो घर खानलाई सकिने हो होइन । सासु, जेठाजु, जेठानी , नन्द को कस्ता छन् के कसरी आदर सम्मान गर्ने नयाँ ठाउँमा आएकी नयाँ समाज नयाँ परिवेस आदी श्रीमति मेनुकाको मनमा पनि कौतुहल थियो होला । आज २५ वर्ष विते पछि हामी बिच एक आपसमा सबै कुराको जानकारका रुपमा रहेको अवस्थामा विबाह उत्सव मनाउन जाँदा हामीले सके सम्म सबै कामहरु सर सल्लाहबाट ग¥यौ । कार्यक्रम उतार्ने जिम्मेवारी श्रीमति मेनुका पाण्डेकै रह्यो किनकी पंतिकारलाई यसबारेमा कम खर्चमा परिवारमा सीमित रहेर कार्यक्रम गर्नु थियो र किनमेलमा पनि श्रीमति मेनुकानै भाँती मिलाउने हुँदा उनैलाई किनमेलको जिम्मेवारी सुम्पिइयो । २० गते बेलुका छोरी आइ पुगी छोरा भने २२ गते गाडी चढेर २३ गते आइ पुग्यो । बिहान तुलसाको आहुति दिने कार्य सकिए पछि बिबाह उत्सवको कार्यक्रम शुरु भयो ।
बिबाह उत्सवमा मन्दीरमा छोटो मिठो विबाह गरिन्छ त्यही तौर तरिका अपनाइयो करिव २ बजे तीर हामी दुवै बेहुला बेहुली भएर बाहिर निस्कीयौं हाम्रो पहिरन श्रीमति मेनुका पाण्डेले २५ वर्ष अघिकै बनारसी सारीमा सजिइन् पंतिकारको विबाहको दुवै सुट मुसाले खाएकोले लाउन पाइएन ४ वर्ष अघि सिलाएको दौरा सुरुवाल थियो श्रीमति मेनुका पाण्डेको सल्लाह अनुसार दौरा सुरुवालमा पंतिकारले सजिनु परेको थियो । श्रमति मेनुका पाण्डेले टोपी चाही कताबाट फोटो खिच्दा राम्रो संग आउने झिल्के पाराको टोपी ल्याइछन् मैले कालो टोपी लाउछु यो झिल्के लाउदिन भन्दा उनले एक दिन त हो बिबाह उत्सवमा फरक खालेको ल्याएको भनेकाले पंतिकारले श्रीमतिको सल्लाह अनुसार उही झिल्के टोपीमा सजिनु प¥यो । हामी दुवै पुरानै भए पनि नयाँ कपडाको अनुभुति गरेर बेहुला र बेहुलीको रुपमा सजियौं र बाहिर परिवार सदस्यले सजायको झकिझकाउ स्टेजमा बस्यौ । कार्यँक्रम ढीलो नगरी एक आपसमा औठी साटेर शुरु गरियो । औठी साटासाट, एक अर्काँलाई माला लगाइदिने , त्यस पछी २५ वर्ष पुरा गरेकोमा २५ अंक लेखिएको केक हामी दुवैले काट्यौ निम्तो मान्न आउनु भएका आफन्त तथा मान्य जनले गडगडाहट संग तालि बजाउनु भयो । हाम्रो जोडीको फोटो सबैले आ–आप्mनो मोवाइलमा खिच्ने काम भयो । आफन्तजनले टिका लाई दिने आफु भन्दा ठूलाले आशिर्वाद दिने सबै कार्य भयो । एसटा कुरा भने पंतिकारलाई असहज लाग्यो । हाम्रो परम्परा अनुसार बिबाह, ब्रतबन्ध , जन्मोत्सव आदी कार्य मा उपहार दिने चलन ले सारै लज्जीत तुल्यायो कार्यक्रम परिवार भित्रको मात्र भएकाले परिवारमा पनि सिमितलाई मात्र बोलाईएको थियो र पनि करिव १३० जनाको हाराहारीमा निम्तारु आउनु भएको थियो । अधिकाँसले उपहार दिनु हुँदा पंतिकारलाई कता कता नमिठो फिल भयो । पंतिकारले नगदी जीन्सी उपहार लिन अस्वीकार गर्दा आफन्तजन रिसाउनु भयो यो सारै समस्या पयो । पंतिकारले श्रमिति छोरा छोरीको खुसीका लागि यो उत्सव मनाई रहेको थियो । उपहार पैसा बटुल्नलार्इँ होइन । कतिपय मानिसहरुले बिबाह कार्डमा नै उपहार निशेध गरीएको शब्द लेखिएको हुन्छ अर्थात कुनै न कुनै ठाउँमा स्पष्ट देखिने गरि उपहार दिन नुहने संकेत गरिएको हुन्छ । पंतिकारलाई त्यस कुराको झझल्को आयो सबैले स्पष्ट देखिने गरि आशिर्विाद भावनाले र फुलले दिने हो नगदी र जिन्सीमा होइन भन्ने वाक्याँस कही न कही लेखिनु पर्ने थियो । हामीले पछि यस कुराको महसुस ग¥यौ । २५ वर्ष अघि विबाहमा उपहार र नगदी दिए जस्तै छोरी भान्जाभान्जी, भाई सबैले उपहार दिदा यो रिति थितिमा परिवर्तन गर्न नसकेकोमा पंतिकारले लज्जीत हुनु सीवाय अरु केही रहेन । हामीले उपहार र नगदी लाई आगामी दिनमा कार्यक्रम गर्दा विशेष ध्यान दिनु पर्ने आपसमा सम्झौता ग¥यौ यस विषयमा हामी दुवैको एक मत भयो । उपहार नलिई आउनु भन्दा पनि अप्ठ्यारो नभन्दा पनि अनावस्यक खर्च गरेर उपहारमा पैसा खर्च गरिएको देख्दा मन कुटु कुटु खाइरहने । विबाहमा उपहार लगिए पनि वर्ष गाँठ , रजत उत्सव मनाउँदा उपहार लानु पंतिकारका लागि राम्रो होइन भन्ने मनमा जच्यो ।
बिबाह उत्सव वास्तवमा मनाउनु पनि पर्ने रहेछ , आज भोली मानिसको दाम्पत्य जीवन यसरी लामो समय सम्म चलेको पाइदैन । कतिपय को विबाह भएको २÷४ महिनामा , कसैको त हप्ता दिन पछि पति पत्नी विच खटपट हुने कतिपयको बच्चा भए पछि झै झगडा भएर सम्बन्ध विच्छेद हुने गरेको अवस्था छ । वर्तमान अवस्थामा अदालतमा सबै भन्दा बढी मुद्दानै घरेलु हिसा, र सम्बन्ध विच्छेद मुद्दा रहेकाछन् । सम्बन्ध विच्छेद मुद्दा हत्त पत्त मिलेको पाइदैन अपबाद बाहेक सम्बन्ध विच्छेद मुद्दा सम्बन्ध विच्छेद भएर फैसला भएको पाइन्छ अर्थात सम्बन्ध नरहने गरि मिलापत्र भएको पाइन्छ । समाजमा यो सही सुचना दिन पनि बिबाह उत्सव मनाउनु चाही सही रहेछ भन्ने पंतिकालाई सकारात्मक लाग्यो ।
समाजमा सकारात्मक सन्देश जान र परिवारमा पति पत्निको भुमिका के कस्ले कसरी निर्वाह गर्ने कसरी दाम्पत्य जीवन सुखी बनाउने आदी बारेमा विबाहको रजत उत्सव मनाएर मात्र भएन हामी अर्थात हाम्रो जोडी कसरी यहाँ सम्म आउन सफल भयो । हामी एक अर्कालाई के कसरी सम्मान गछौं ? एक अर्काँको भावना कसरी बुभ्mदछौं , एक अर्काको सहयोगी कसरी बन्छौ भन्ने जानकारी पनि समाजलाई दिन आवस्यक होलाकी भनेर पंतिकारले २÷४लाईन लेख्न जमर्को गरिएको छ । निश्चय पनि परिवार सुखी हुनका लागि एक अर्कामा मया, एक अर्का प्रतिको सहयोगी माभवना एक अर्कामा मान सम्मान , विस्वास चाहिने रहेछ । विबाहित जोडी सर्व प्रथम त एक अर्कामा विस्वास हुनु पर्छ संका उपसंका गर्ने गरियो भने दाम्पत्य जीवन सफल हुन सक्दैन । दाम्पत्य जीवन सुखमय बनाउन एकले अर्कोलाई सम्मान इज्जत पनि दिनु पर्ने रहेछ । कतिपय सफल दाम्पत्य जोडीमा एकले अर्कोलाई सम्मान इज्जत दिएको पाइदैन र पनि जोडी सफल भएको पाइन्छ । सफल जोडी हुनुमा हाम्रो पुरुष प्रधान देशमा पुरुषले महिलालाई दवावमा राखेर महिलाले आफु प्रतिको दवाव सहेर पनि दाम्पत्य जीवन सफल भएको पाइन्छ । वास्तवमा भन्ने हो भने बैबाहिक जीवन पछि एकले अर्कोलाई माया गर्ने , एक अर्काका मनका दुःख सुःखका कुरा राख्ने आदी कार्यहरु छँदैछन् त्यसिमा पनि घरमा कसले कसलाई नियन्त्रण गर्ने यो नजाँनिदो हिसावमो महत्वपूर्ण विषय वस्तु रहेछ । कतिपयको दाम्पत्य जीवन सफल हुन नसक्नुमा यो नै मुल कडी रहेछ । एक कानुन व्यवसायी महिलाले भनेको पंतिकारलाई अहिले पनि ताजै छ । की हामी आपसी समझदारीमा घर व्यवहार चलाई रहेकाछौं , हाम्रो समझदारी कायम रहे सम्म हामीमा कुनै झै झगडा , बाद विवाद हुने छैन । वास्तवमा साना तिना वाद विवाद झै झगडा पति पत्नि विच सबैमा हुन्छ तर विवाद बाहीर आउने गरि छताछुल्ल हुने गरी हुनु भएृन । सामान्य झगडा डिसकस सबैको हुन्छ तर कुटाकुटनै हुनु भएन । यो बडो सोचनिय कुरा छ , जस्तो पतिले पत्नीलाई गाली गरे वा कुट्न खोजे भने महिलाले सहेर वस्ने अर्थात कतै छलिएर वा केही न केही भनेर टार्ने । त्यसै गरि पत्नी रिसाएको खण्डमा पतिले पनि त्यसरीनै केही भनेर टार्ने वा छलिने वा सहेर चुप चाप बस्ने गर्नाले दाम्पत्य जिवन सुखमय हुन्छ । मानव न हो कहिले कही कता कता रिस उठ्छ कतिपय कुरामा पतिको काम पत्निलाई चित्त बुभ्mदैन भने कतिपय अवस्थामा पत्नीको काम पति लाई चित्त बुभ्mदै्रन यस्ता धेरै व्यवहार छन् जसले पति पत्नि वचमा झगडा ल्याउँछ । यस्ता कुरामा बैबाहिक जोडी चनाखो हुनु पर्छ । अर्को समस्या भनेको जाँड रक्सी खाने बानी जाँड रक्सी खाने अनि पत्नीलाई कुट्ने बानी स्वभाविक रुपमा कुनै महिलाका लागी पाच्य नहुन सक्छ । जाँड रक्सी , चुरोट खैनी आदी खाने बानी छाडी दिनु राम्रो हो । अर्को पुरुषले परस्त्रीमाथी आँखा लाउने र महिलले परपुरुष माथी आँखा लाउने यो सबै भन्दा खतरनाक कुरा हो । यसैले गर्दा पति पत्नी विच झैझगडा हुने गर्दछ एक अर्कामा संका गर्नु हुँदैन र सबै भन्दा राम्रो मेरो पति सबै भन्दा राम्रो र मेरी पत्नी सबै भन्दा राम्री भन्ने भावना राख्नु पर्छ ।
हामीले वास्तवमा विबाह गरे पछि सफल दाम्पत्य जीवन विताउन कसले कति कुरा त्याग गर्नु पर्ने हुन्छ । यसमा कसैले हठ गर्नु हुँदैन । सके सम्म पतिले पत्नीको सल्लाह र सुझाव लिने र पत्नीले पतिको सुझाव लिने । घरको व्यवहार जस्ले समाले पनि एक आपसमा सर सल्लाह गरेरमा मात्र व्यवहार गर्ने गरिएमा अझ राम्रो हुने छ । पति पत्नी विच एकले अर्कोलाई अरु समयमा सामान्य माया गरे पनि विरामी पर्दा भने औधिमाया गर्नु पर्ने हुन्छ पति विरामी पर्दा पत्नीले हरदम हेरचाह गर्ने पत्नी विरामी पर्दा पतिले हरदम हेरचाह गर्नु पर्छ । यसले गर्दा दुई जना विचको सम्बन्ध अझ प्रगाढ भएर जान्छ र आपसमा विस्वास पनि बढ्ने छ । सबैले महसुस गरेको कुरा पंतिकारले पनि महसुस गरिएको छ । पत्नी पट्टीका पाहुनालाई पतिले घरकालाई भन्दा बढी मान मनितो गर्नु पर्छ र पति पट्टीका पाहुनालाई माइतीलाई भन्दा बढी पत्नीले मान सम्मान गर्नु पर्छ । यसो हुँदा एक आपसमा राम्रो सन्देश पनि जाने छ ।
समाजमा एउटा अनौठो वा विक्रिति के देखियो भने कसै कसैको बानी पति पत्नि विचमा झगडा लाई दिने । के के कुरा सुनाएर हुन्छ वा के गर्दा हुन्छ पतिका नकारात्म कुरा खोतलेर पत्नीलाई सुनाई दिने र पत्निीका नराम्रा कुरा खोतलेर पतिलाई सुनाई दिने । यस्ता चरित्रका मानिस संग बैबाहिक दम्पतीले बडो सजगता अपनाउनु पर्ने हुन्छ । आफन्त तथा घर परिवार भित्रैको सदस्यले विभिन्न नकारात्मक सोच राखेर पति पत्नी विच नराम्रो पारी दिनने नकारात्मक खेल खेलेको हुन सकछ । यस्ता कुराबाट पनि जोगिनु पर्ने रहेछ , पति पत्नी विचमा आपसमा मान सम्मान गर्ने परिपाटी पनि चाहिने रहेछ । सबैको चाहना हुन्छ की समाजमा प्रतिष्ठित , सम्मानित भएर जीवन यापन गर्ने । पतिले गरेका साना तिना कुरा पत्नीले माइतीमा लगेर सुनाउने पत्नीका केही त्रसाना तिना त्रुटीहरु आफन्तले पति लाई सुनाउने गरिएमा यो नै झगडाको गुँड हुने रहेछ । दाम्पत्य जीवन भनेको अरुका लागि कुनै अर्थ रहँदैन सिर्फ पति पत्नीका लागि मात्र हो । पति पत्नी विच यस्ता सुधार्नु पर्ने समझदारी गर्नु पर्ने कुराहरु धेरै छन् तर सबभन्दा महत्वपूर्ण कुरा भनेकाोचाही आपसी समझदारी र एक अर्कामा विस्वास गर्नु नै ठूलो कुरा हो ।
नेपालमा पति पत्नी विचको सम्बन्ध बाँचुन्जेल रही रहन अबको समाजमा धेरै कठिन देखिन्छ । हामीले १५÷२० वर्ष अघि विदेशमा त पति संग सम्बन्ध विच्छेद गरेर अर्को पत्नीले अर्को विहे गरेको सुनाउनँदा हामीलाई शुरुका दिनमा अचम्म लाग्दथ्यो । अहिले पति पत्नी विचको सम्बन्ध राख्ने र सम्बन्ध विच्छेद गर्ने कार्य पति पत्नी दुवैका लागि सामान्य भै सहेको छ । उमेर अनुसार पति पत्नीको जोडीमा २० देखि ३५ वर्ष सम्मका युगल जोडीमा अधिकाँस यस्ता कुराहरु आउने गरेको पाइन्छ । हामीले पति पत्नी विचको सम्बन्ध जीवन भर सफल बनाउन एक अर्काको विस्वास र सहयोगी भावना अनि अपार माया आदीनै देखेका छौं भोगेका छैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *