पुष्प खेतीलाई व्यवसायिक बनाउन सरकारले सहयोग गर्ने–राज्यमन्त्री चौधरी

काठमाण्डौं÷कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले पुष्प खेतीलाई सरकारले व्यवसायिक रुपमा बिकास गर्ने बताएकी छिन् ।फ्लोरिकल्चर एशोसिएसन नेपालद्वारा भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित 22nd Flora Expo 2019 लाई उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले उक्त कुरा बताएकी हुन् । आ.ब.२०७४–०७५ मा बाहिर देश बाट ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तु आयात भएको देखिन्छ । यसलाई बिस्थापन गर्न व्यवसायिक रुपमा पुष्प खेती गर्न जरुरी रहेको मन्त्री चौधरीको भनाइ छ । नेपालको भौगोलिक बनावट, जैविक विविधता जलवायुको दृष्टिकोणले तराईदेखि पहाडी जिल्लाहरुमा पुष्प व्यवसाय गर्न सकिने पर्याप्त ठाउँहरु रहेको मन्त्री चौधरीले जनाइन् । प्रायः जसो सबै नेपालीहरुले घर अगाडी वा छतको गमलामा घरको सुन्दरता बढाउन फुल रोप्ने चलन भएपनि तराईको पूर्व देखी पश्चिमसम्म जुनसुकै ठाउँमा व्यवासायिक रुपमा पुष्प खेती गर्न सकिने र बिदेश निर्यात समेत गर्न सकिने सम्भावना रहेको राज्यमन्त्री चौधरीले बताइन् । शहर केन्द्रित भइरहेको पुष्प खेतीलाई योजनाबद्धरुपमा गाउँसम्म बिस्तार गर्नु पर्ने बताइन् । कार्यक्रममा पुष्प व्यवसायीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेका थिए । पुष्प प्रदर्शनी १० सम्म चल्ने छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *