बैकको ऋणको व्याजदर घटाउ

कुनै पनि मुलुक सम्बृद्धिको बाटोमा जाने आधार उद्योग धन्धा, व्यापार, व्यवसाय आदी फस्टाउनु पर्छ । उद्योग धन्धा संचालन गर्न, तथा कुनै पनि व्यापार व्यवासाय संचालन गर्न उद्योगी व्यापारीलाई ऋण नभइ हुँदैन् । विदेशको तुलनामा नेपालका बैंकहरुले महँगो व्याजदरमा ऋण लगानी गरेको पाइन्छ । जसका कारण नेपालमा उद्योग धन्धा तथा व्यापार व्यवसायी फस्टाउन सकेको पाइदैन । उद्योगीले उद्योगमा लगानी गर्ने, मजुरलाई तलब भत्ता दिने, सरकारलाई टयाक्स बुझाउने, बैंकको ऋणको व्याज तिर्ने, उद्योगको विमा बुझाउनु पर्ने आदी धेरै समस्याहरु छन् । करोडौं अरबौं रुपैयाँ लगनी गर्नु सामान्य कुरा होइन् । नेपालका अधिकाँस मानिसहरु उद्योगमा लगानी गर्न चाहदैनन् कारण सरकारको स्पष्ट नीति छैन । उद्योगी व्यापारीलाई के कसरी लगानीमा प्रोत्साहित गर्न सकन्छि नेपाल सरकारको त्यस तर्फ ध्यान गएको पाइदैन् ।
नेपालमा अधिकाँस मन्त्री र सचिव साथमा अदृष्य व्यक्तीहरुले नेपालको अर्थतन्त्रलाई डामाडोल बनाएको अवस्था छ । उद्योगी व्यापारीहरु आज लगानी गर्छन नेपालको पोलेसी पर्सी परिवर्तन हुन्छ जसका कारण लगानी कर्ताको लगानी गर्ने जोश जाँगर सकिन्छ । उद्योग धन्धा फस्टाउनकालागि सरकारले के कस्तो पोलेसी लिएको छ ? कति कुरामा उद्योगलाई सरकारले छुट दिने हो के कस्ता ऋणहरुमा बैंकले विशेष छुटमा ऋण लगानी गर्नु पर्ने हो । त्यस तर्फ नेपाल सरकार तथा सम्बन्धित निकायको धयान जान सकेको पाँइदैन् ।
नेपालको प्रशाषनिक सयन्त्र कमजोर भएका कारण मुलुकले व्यापारमा अरबौं घाटा भएपनि सरकारलाँई बुझाउनु पर्नु कर बुझाएको अवस्था छ । केही छट्टु खालका व्यक्तिहरु सहकार्य देखाएर जथाभावी गलत कार्य गर्न लागि रहेको अवस्था छ । नेपालको चर्को व्याजका कारण उद्योगी व्यापारीहरु डराई रहेको अवस्था छ । नेपाल सरकारले बैंकको ऋण घटाउनकालागि विशेष कार्यक्रम लाउने गरेको देखिन्छ । आर्को दिनमा गाउँ समाज राखेर छलफल हुने छ । बैंकहरुले विगतमा अन्धाधुन्ध ऋण लगानी गरे हाल ऋणमा अनुत्पादक कार्यमा लाग्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *