रामधुनिमा नेपाल टेलिकमको टावर बन्ने

झुम्का/रामधुनी नगरपालिका वडा नं ४ स्थित धुनी वनमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकिय स्थलको रुपमा रहेको रामधुनी मन्दिर क्षेत्रमा नेपाल टेलिकमको टावर बन्ने भएको छ ।
रामधुनी नगरपालिकाकै पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्न सकिने सम्भावना बोकेको मन्दिर क्षेत्रमा मोबाइलमा टावर उपलब्ध नहुदाँ त्यहा आउने पर्यटकलाई समस्या भइरहेको छ । उक्त समस्यालाई समाधान गर्ने लामो प्रयासबाट टावरको ब्यवस्था हुन लागेको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी ब्यवस्थापन समितिले जनाएको छ ।
फागुनको पहिलो सात नै उक्त योजनामा सम्झौता भइसकेको छ । जसमा नेपाल टेलिकमको तर्फबाट प्रदेश नम्बर १ का निर्देशक अम्मरनाथ झा तथा रामधुनी बाबा बनखण्डी मन्दिर गुठी ब्यवस्थापन समितिको तर्फबाट अध्यक्ष डिल्लि कार्कीले संयुक्त हस्ताक्षेर गरेका छन् ।
सम्झौता अनुसार मन्दिर गुठी ब्यवस्थापन समितिले मन्दिर परिसरमा जग्गा र टावर राख्न भवनको ब्यवस्था मिलाइदिनु पर्ने छ । सम्झौता अनुसार ढिलोमा पनि चैत्र भरिमा योजनाको काम जसरी पनि सकिने टेलिकमका प्रदेश नं संयोजक गोपाल प्रसाद भट्टराईले जानकारी दिएका छन् ।(शिशिर भट्टराईबाट)(श्री जनमत साप्ताहिकबाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *