बराहक्षेत्रका ३१ सहकारी ऐन मिच्दै

अच्युत भट्टराई
बराहक्षेत्र/बराहक्षेत्र नगरपालिकामा संचालनमा रहेका ३१ सहकारीहरु ऐन अनुसार संचालन भएका छैनन् । आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना भित्र साधारण सभा गरी सक्नु पर्ने छ । साथै साधारण सभा भएको १५ दिन भित्र सहकारी शाखामा बार्षिक प्रतिबेदन बुझाउनु पर्ने प्राबधान छ ।
तर आर्थिक बर्ष समाप्त भएको ८ महिना बितिसक्दा पनि बाकी सहकारीहरुले प्रतिबेदन नबुझाए पछि सहकारी शाखाले सुचना समेत निकालिसकेको शाखा प्रमुख रेखा कार्कीले बताइन् । बराहक्षेत्रमा ८१ ओटा सहकारीहरु नगरको मातहतमा संचालनमा छन् । केही सहकारीहरु आफ्नै ढंगले संचालन गरिरहेको पाइन्छ । उनिहरु बनभोज भ्रमण बेलैमा जान सक्छन् तर साधारणसभा भने गर्दैनन् कागजपत्र पनि बुझाउदैनन । नियमित कागजपत्र बुझाउदै आएका सहकारी संस्थाका संचालकहरु गुनासो गर्छन् ।
नियम सबैलाई लाग्नु पर्छ केही सहकारीले समयमै कागज पत्र बुझाउने कसैले भने त्यसै चलाउनु राम्रो होइन बिनायक कृषि सहकारी संस्था लि बराहक्षेत्र ५ कालाबन्जरका ब्यबस्थापक अर्जुन भट्टराईले बताउछ्न । त्यस्तै कोमल साना किसान कृषि सहकारी संस्था लि बराहक्षेत्र ५ का अध्यक्ष पदम श्रेष्ठ पनि सहकारी शाखाको काम प्रती असन्तुष्टि ब्यक्त गर्दछ्न । मासिक प्रतिबेदन बुझाउन जादा सहकारी शाखामा कर्मचारी पनि भेटिदैन , समन्वयन समितिले पनि खासै काम गरेको देखिन्दैन अध्यक्ष श्रेष्ठले बताए । सहकारी समन्वयन समिती बराहक्षेत्र नगरपालिकाका अध्यक्ष युवराज गौतम भन्छन् यस्ता प्रकारका सहकारीहरु संग एकपटक बसेर छलफल नै गर्नु पर्ने भएको छ । सबैले ऐन अनुसार नै संचालन गर्नु पर्छ । यदि समस्या छ र चलाउनै नसक्ने हो भने मर्ज गरेर जानू पर्ने हुन्छ । सहकारीहरुले आधा बर्ष बितिसकेपछी मात्र साधारणसभा गर्दा उनिहरुले बनाएको आगामी आर्थिक बर्षको योजनाको समेत काम नलाग्ने हुन्छ । धेरै सहकारीले अहिले सम्म कुनै प्रकारका प्रतिबेदन बुझाएका छैनन् हामीले सुचना समेत प्रकाशित गरिसकेका हौ , अब चाडै नै अनुगमन हुदैछ । नियम नमान्ने संस्थालाई कारबाही हुन्छ । बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अच्युत प्रसाद दहालले बताए ।
(श्री जनमत साप्ताहिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *