२२ औ अभिभावक दिवस सम्पन्न भयो

टिका वि.क.
गछिया/मोरङको सुन्दरहरैचा वडा नं. २ मा रहेको लभ्ली एन्जल्स् इङलिस बोडिङ स्कुलमा आइतबार २२औ अभिभावक दिवस सम्पन्न भएको छ ।कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष उर्मिला थापा बस्नेतको सभा अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दर हरैचा नगर शिक्षा प्रमुख गणेश प्रसाद अधिकारीको प्रमुख अतिथ्य रहेको थियो ।कार्यक्रममा विशेष अतिथिहरु शिक्षा शाखा सुन्दर हरैचा नगरका अधिकृत सन्तोष बराल,सुन्दरहरैचा नगर प्यासन हरिश्चन्द्र ढकाल,वडा नं. २का वडा अध्यक्ष डेरीलाल चौधारी,वडा नं. ३का वडा अध्यक्ष जीवन प्रसाद ढुङगाना रहेको थिए भने अतिथिहरु विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,सामाजिक व्यत्तित्वहरुको अतिथ्य रहेको थियो ।
कार्यक्रममा उपस्थितहरुको स्वागत सम्वोधन वडा नं. २ का वडा अध्यक्ष डोरीलाल चौधारीले स्वागत मन्वव्य द्वारा गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक प्रलाद वि.कले गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि,र अतिथिहरुले २२ औ अभिभावक दिवस तथ विद्यालयको उत्तर उत्तर प्रगातीको कामना गर्दै शुभकामना मन्तव्य दिएर बोलेका थिए ।
कार्यक्रममा सिटी अफ नेपालबाट प्रतिनिधिको रुपमा सालिक राईले शिक्षक, अभिभावकहरुलाई कसरी विद्यार्थीहरुलाई अथवा आफ्ना छोरा छोरीहरुलाई पढौ प्रति तीव्रता दिन सकिन्छ भन्ने विषयलाई लिएर सचेत गराएका थिए ।कार्यक्रममा विद्यालयका नर्सरी कक्षा देखि लिएर कक्षा १० सम्मका विद्यार्थीहरुले प्रतिस्पर्धात्मक नृत्य प्रदर्शन गरेका थिए । गायक कृष्ण खवासले विभिन्न गीतहरु गाएर कार्यक्रमलाई भव्य रुपमा रमाइलो भनाएका थिए ।कार्यक्रममा जेष्ठ नागरिक ९९ वर्ष पुगेका वृद्व छत्र बहादुर प्रधानलाई दोसल्ला ओडाएर सम्मान पत्रका साथ नगद रु २१ सय दिएर सम्मान गरिएको थियो । २०७४ वर्षका एस.ई.ई पास विद्यार्थीहरुलाई मायाको चिनो र प्रमाण पत्रका साथ विदाई गरिएको थियो भने ए प्लस उतीर्ण गरेका विद्यार्थीहरु दिवस बस्नेत लगायतलाई नगद रु २१ सय पुरस्कार र सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई र खेलमा पहिलो दोश्रो र तेश्रो हुने विद्यार्थीहरुलाई
सम्मान गरिएको थियो ।त्यसै गरि सबै भन्दा विद्यालयमा उत्कृष्ट कर्तव्य निष्ठ शिक्षक र कर्मचारीलाई समेत विद्यालयले सम्मान पत्र दिएर सम्मान गरेको थियो ।अतिथिहरुलाई मायाको चिनो दिएको थियो ।
विद्यालयका सम्पूर्ण दलित विद्यार्थीहरुलाई दलित छात्रावृति समेत वितरण गरिएको थियो र यस विद्यालयमा पढने जति पनि दलित छात्र तथा छात्राहरुलाई वर्ष पिच्छे छात्रावृति वितरण गरेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल मनोज रेग्मीले बताएका थिए ।

17Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *