बार्सिलोनाको इतिहासमा उत्कृष्ट १० खेलाडी 

बार्सिलोनाको इतिहासमा उत्कृष्ट १० खेलाडी 

एजेन्सी । बार्सिलोना स्पेनिस फुटबलको सबैभन्दा सफल क्लब हो । बार्सिलोनाले क्लब फुटबलका प्रायः सबै उपाधिहरु चुमिसकेको छ । बार्सिलोनाले २५ पटक स्पेनिस लालिगा, ३१ कोपा डेल रे,  १३ सुपर कप, ५ च्याम्पियन्स लिग, ५ युईएफए सुपर कप र ३ पटक फिफा क्लब विश्वकप जितेको छ । अन्य घरेलु कप तथा युरोपियन कपहरु समेत बार्सिलोनाले हात पारिसकेको छ ।

स्पेन र युरोपमै सफल क्लब बार्सिलोनासँग विश्वस्तरीय खेलाडीहरु अनुबन्धन गर्ने क्षमता छ ।  त्यसैले बार्सिलोनाको फुटबल इतिहासमा धेरै ठूला खेलाडीहरुले खेलिसकेका छन् ।
बार्सिलोनाको फुटबल  इतिहासमा उत्कृष्ट १० खेलाडीको हामि चर्चा गर्ने छौ ।

१०) पाउलिनो अलकानटारा
फिलिपिन्सका स्टार खेलाडी पाउलिनो अलकानटारा बार्सिलोनाका लागि उत्कृष्ट खेलाडी हुन् । उनले बार्सिलोनाबाट १ सय ७७ खेल खेल्दै २०० गोल गरेका छन् । पाउलिनोले फिलिपीन्स, स्पेन र क्याटालोनियाको राष्ट्रिय टोलीबाट पनि फुटबल खेलिसकेका छन् ।
स्ट्राइकरको पोजिसनबाट खेल्ने उनले बार्सिलोनाका लागि धेरै खेलमा निर्णायक पनि गोल गरेका थिए । ६७ वर्षिय पाउलिनो बार्सिलोनामा पहिले चार वर्ष बिताएर डाक्टर बन्न फिलिपिन्स फर्केका थिए । केहि समय बोहेमिअन स्पोर्टिङ क्लबबाट खेलेका उनी पुनः बार्सिलोना फर्किएका थिए ।

९) पेपे सामिटिएर
बार्सिलोनाका मिडफिल्डर पेपे बार्सिलोनाको इतिहासमा उत्कृष्ट खेलाडी हुन् । उनले सन् १९१९ देखि १९३२ सम्मको समयमा बार्सिलोनामा बिताएका थिए । उनी १७ वर्षको उमेरबाट नै बार्सिलोनाबाट खेल्न लागेका थिए । पेपेले सन् १९२० को ओलम्पिकमा स्पेन फुटबलबाट सिल्भर मेडल पनि जितेका थिए ।

८) योहान क्रुइफ
योहानले बार्सिलोनका लागि निकै राम्रो छाप छोडेका छन् । उनी बार्सिलोनाका पूर्व कप्तान पनि हुन् । सन् १९७३ देखि १९७८ सम्म बार्सिलोनाबाट खेलेका थिए ।
योहानले बार्सिलोनाबाट कुल १ सय ४३ खेलमा ४८ गोल गरेका थिए । उनी १९७८ मा त्यो समयको सबैभन्दा महँगो मूल्यमा लस एन्जलसमा अनुबन्धित भएका थिए । नेदरल्याण्ड्सका मिडफिल्डर उनले राष्ट्रिय टोलीका लागि ४८ खेल खेल्दै ३३ गोल गरेका थिए ।

७) ड्यानी अल्वेस
ब्राजिल राष्ट्रिय टोलीका स्ट्राइकर ड्यानी अल्वेस सन् २००८ मा सेभियाबाट बार्सिलोनामा आएका थिए । सन् २००८ देखि २०१६ सम्म बार्सिलोनाबाट खेलेका उनले क्लबका लागि २ सय ४७ खेलमा १४ गोल गरिसकेका छन् ।
डिफेन्स लाइनबाट खेल्ने उनी निकै कलात्मक तरिकाले डिफेन्सीप अपनाउँछन् । उनी बार्सालोनामै भएको समयमा क्लबले तीन पटक युरोपियन कप जितिसकेको थियो ।

६) जेराड पिके
पछिल्लो समय बार्सिलोनाका लागि बलियो डिफेन्डरको भूमिका निर्वाह गर्ने पहिलो खेलाडीको रुपमा पर्दछन् पिके । उनी सन् २००८ मा म्यान्चेस्टर युनाइटेडबाट बार्सिलोनामा अनुबन्धन भएका हुन् । पिकेले सन् १९९७ देखि २००४ सम्मको बार्सिलोना युवा युथ टिमबाट आफ्नो करिअरको सुरुवात गरेका थिए ।
बार्सिलोनाका लागि ३ सय ३ खेल खेलका पिकेले २७ गोल गरिसकेका छन् ।

५) आन्द्रे इनिस्टा
बार्सिलोनाका सर्वकालिन उत्कृष्ट खेलाडीको सूचीको पाँचौ स्थानमा छन् टिमका पूर्व कप्तान आन्द्रे इनिस्टा । बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने तेस्रो नम्बरमा पर्ने इनिस्टा बार्सिलोनामा मिडफिल्डको भूमिका निर्वाह गर्थे ।
इनिस्टाले सन् २००२ देखि २०१८ सम्म बार्सिलोनाको मुख्य टिमका लागि खेल खेलका थिए । उनले बार्सिलोनाका लागि ४ सय ४२ खेल खेल्दै ३५ गोल पनि गरिसकेका छन् । उनी बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडीहरुको सूचीमा तेस्रो स्थानमा छन् ।

४) रोनाल्डिन्हो
ब्राजिल फुटबल स्टार रोनाल्डिन्हो बार्सिलोनाका लागि सर्वकालिन महत्वपूर्ण खेलाडी हुन् । उनले बार्सिलोनाका लागि सन् २००३ देखि २००८ सम्म १ सय ४५ खेल खेल्दै ७० गोल गरेका छन् ।
ब्राजिल फुटबल इतिहासमा पनि उत्कृष्ट मानिएका रोनाल्डिन्होले राष्ट्रिय टोलीका लागि ९७ खेल खेल्दै ३३ गोल गरिसकेका छन् ।

३) लेडिसलाओ कुबाला
सन् १९५० को दशमकमा फुटबल प्रेमीहरुको मनमा बस्न सफल लेडिसलाओ कुबालाको खेल बार्सिलोनाको फुटबल इतिहासमा निकै उत्कृष्ट रहन गयो । उनले सन् १९५१ देखि १९६१ सम्म बार्सिलोनाबाट खेलेका थिए । १ सय ८६ खेलेका उनले बार्सिलोनाका लागि १ सय ३१ गोल गरेका छन् ।

२) जाबि हर्नान्डेज
जाबि हर्नान्डेज बार्सिलोनाको इतिहासमा क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । जाबिले सन् १९९८ देखि २०१५ सम्म बार्सिलोनाबाट खेलेका थिए । सेन्टर मिडफिल्डका उत्कृष्ट फुटबलर जाबिले बार्सिलोनाबाटै ५८ गोल पनि गरेका छन् ।
जाबि बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । उनले क्बलका लागि ५ सय ५ खेल खेलका छन् ।

१) लियोनल मेस्सी
विश्व फुटबलमा राज गर्न सफल खेलाडी हुन् लियोनल मेस्सी । हाल बार्सिलोनाका कप्तान रहेका मेस्सी बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।
१३ वर्षको छँदा अर्जेन्टिनाबाट स्पेनको बार्सिलोना आएका मेस्सी हाल बार्सिलोनाका लागि गोल मेसिनको रुपमा रहेका छन् । मेस्सी सन् २००४ देखि बार्सिलोनाबाट खेलिरहेका छन् । उनले बार्सिलोनाबाट खेलेको ४ सय ४३ खेलमा ४ सय ९ गोल गरेका छन् । (बाह्रखरीबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *