क्षमता विकास तथा योजना तर्जूमा तालिमको उद्घाटन भयो

बुढीगंगा /मोरङको बुढीगंगा गा.पा. वडा नं. ६को कोयलपुर को भवनको सभाहलमा सोमबार क्षमता विकास तथा योजना तर्जुमा सम्वन्धी तालिमको उद्घाटन भएको छ ।
कार्यक्रम वडा नं. ६का वडा अध्यक्ष दिलिप कुमार चौधारीको सभा अध्यक्षतामा उद्घाटन भएको थियो । कार्यक्रममा पूर्वा गाविस अध्यक्ष परुणाम विश्वास, पूर्वा उपदयक्ष विनोद चौधारी, जिल्ला समन्वय समिति सदस्य बबिता चौधारी लगायत वडा सदस्यहरुको समेत उपस्थित रहेको थियो ।
कार्यक्रम बुढीगंगा गा.पा.को वित्तिय सहयोग र तालिम प्रदायक पिरामिड टेक्निकल इनिच्युट लि. इटहरी सुनसरीद्वारा संचालित कार्यक्रम मिति २०७५साल फाल्गुन २७ गतबाट सुरु भई ३० गते सम्म विभिन्न संघ संस्था महिला तथा दलितहरु ७० जना प्रशिक्षार्थीहरुलाई क्षमता विकास र योजना तर्जूमा सम्बन्धी तालिम दिइने तालिम प्रशिक्षक तारानाथ निरौलाले कार्यक्रममा बताएका थिए । (टिका वि.क.बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *