कानूनी शासनको प्रत्याभुति गर

मुलुकलाई शान्ति र सम्बृद्धिको बाटोमा अगाडी लैजान सरकारले सबै राजनीतिक दलहरु संग निकट रहेर समान व्यवहार गर्नु पर्छ । मुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्र स्वापना भएको छ । लोकतन्त्रमा सबैको अधिकार समान हुन्छ, सबैले नेपालको सार्वभौम सत्ता सम्पन्न को उपभोग गर्न पाउने छन् । लोकतन्त्रमा गरिव, धनी, शिक्षित अशिक्षित, साना ठूला आदी विभेद हुँदैन । लोकतन्त्रको नाममा कतिपयले सर्वसाधारणलाई सताएको अवस्था छ । लोकतन्त्रमा कसैले कसैलाई सताउन, दृुःख दिन पाइने छैन । कानुनको अगाडी सबै समान हुने लोकतन्त्रको विशेषता हो । तर नेपालमा अहिले पनि धनी गरिव , ठूला साना, शिक्षित अशिक्षित, सत्तामा बसेका र सत्तामा नबसेका विचमा विभेद रहेको पाइन्छ । सरकार बेकम्मा भयो भने कानुन को शासन सम्भव हुदैन भन्ने मान्यता लोकतन्त्रमा रहेको हुन्छ । वर्तमान अवस्थामा जनताले कानुनको शासन भएको अनुभुति गरेको पाइदैन ।
संविधान अनुसार मुलुकमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचन भएको अवस्था छ । निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (तत्कालिन नेकपा एमाले र नेकपा माओबादी) को स्पष्ट बहुमत आएकाले हाल केपी ओलीको नेतृत्वमा नेपाल कम्यूनिष्ट पार्टीको सरकार रहेको छ । वर्तमान सरकारले जनतामा विभेद गरेका कारण कानुनी राज्यको अनुभुति सरकारले गर्न पाएकाछैनन् । सरकारले पानी जाहाज , रेल , हावाबाट विजुली आदी ठुला ठूला कुरा गरि रहेको छ । जनतले भने सरकारलाई विस्वास गरिहेको अवस्था छैन वर्तमान सरकार बन्ना साथ अदालतबाट फैसला भई सजाय पाएका बालकृष्ण ढुंगेललाई कानुन उपर छलछाम गरेर रिहा गरेको छ । निर्मला हत्याकाण्डका वास्तविक नाइकेलाई पक्राउ नगरी अन्ययालाई अनाहकमा दुःख दिएको छ ।
श्रम तथा रोजगार कार्यालयका प्रेम प्रसाद संजेल जस्ता इमान्दार कर्मठ कर्मचारीलाई काम गर्न नदिएको कुरा जनतासामु छिपेको छैन ।सरकारले मुलकका लागी केही गर्न चाहनेको कुरा सुन्नुको सट्टा त्यस्ता व्यक्तित्वलाई उल्लु बनाई रहेछ । केहीलाई झुट्टा मुद्दा लाई रहेको छ । केपी ओलीको सरकार अन्य सरकार भन्दा बजबुत र शक्तिशाली छ तर दुखको कुरा केपी ओलीको सरकार घुस खाने, भ्रष्टाचार गर्नेलाई साथ दिने र निर्भिक, निडर, घुस विरोधी कर्मचरीलाई काम गर्ने अवसरनै दिदैन । मुखमा राम राम बगलीमा छुरा भनेझै ओली सकरार भ्रष्टाचार हुन दिन्न भन्छ तर व्यवहारमा चाही भ्रष्टहरको संरक्षण गरि रहेको छ । जनता जाग्नु पर्छ केपी ओलीले आम जनतालाई झुट बोलेर उल्लु बनाइ रहेको छ । केपी ओलीको कर्तुत सबैका सामु उजागर गरि आजैदेखी केपी ओलीको सरकारलाई सहीबाटोमा हिडाउने प्रयास गरिनु पर्छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *