आदर्श मा.बि. ६३ बर्ष पुरा अतिथिको आखामा प्राबिधिक बस्तु

संगम बिष्ट
चतरा/सुनसरी जिल्लाको जेठो मध्ये एक र १०+२ को पहिलो शैक्षिक संस्था आदर्श माध्यमिक बिद्यालय ६३ बर्ष पुरा गरी ६४ बर्षमा प्रबेश गरेको छ । आइतवार एक विशेष कार्यक्रमको आयोजना गरि बार्षिक उत्सब मनाएको हो ।
जब देशमा प्रजातान्त्रको उदय भए पछि जनताका छोरा छोरीकालागि शिक्षाको प्रकाशकले शैक्षिक बनाउ पढ्नका निमित्त समुदायको २०१२ सालमा बिद्यालय स्थापना भएको थियो बिद्यालय स्थापना बिद्यालयका पुर्व प्रध्याध्यापकहरु, शिक्षकहरुको योगदानको वर्तमान प्रध्यानाध्यापक प्रल्लाद भट्टराईले चर्चा गरे । अनेकौ अभाबका बिचमा पनि समिति साधन र श्रोत बाबजुत सञ्चालन भएको बिद्यालयलाई अहिले आदर्श नामको शैक्षिक फुललाई ढकमक फुलेको सुन्दर फुलबारी बनाउन बिरुवा रोप्ने काम शेरबहादुर लिम्बू, जगन्नाथ, सदानन्द नेपाल, देबीबहादुर थापा, गणेश बिरही, सुरतबहादुर थापा, कबिमान ब्रजचार्य, अम्बर बहादुर बिष्ट, चरावहिदार, जागिरमान लिम्बू, नैनबहादुर थापा, नारायणप्रसाद आर्याल, गरुडध्वज पौडेल, चन्द्रप्रसाद आचार्य, हरेकृष्ण अग्रवाल र ओमप्रकाश गुप्ता, राजेन्द्रकुमार बिष्ट लगाएतको योगदानको भट्टराईले चर्चा गरेका थिए । सुनसरी जिल्ला बासिको चन्दा सहयोग र भारत सरकारको सहयोगबाट बिद्यालयले भौतिक रुपमा फड्को मारेको हो । २०३३ सालमा नि.मा.बि.बाट बिद्यालय प्रस्ताबित मा.बि.को रुप लिएको हो । सो समयमा मान बज्राचार्य र अम्बरबहादुर बिष्टको योगदानको चर्चा अहिले पनि चतराबासीलाई गरिरहेको कुरा भट्टराइले ल्याए । २०५१ सालमा सुनसरीकै पहिलो ११र१२ कक्षा सञ्चाल गर्ने बिद्यालयको रुप दिन पुर्व प्रअ ओमकुमार शर्माको योगदानको चर्चा प्रअ भटटराईले गरेका थिए । आदर्श मा.बि.को रुपमा उदाएको इतिहाँस प्रस्तुत गर्दै हाल प्राबिधिक शिक्षालयको रुपमा पनि स्थापित भएको जस्ता कुराहरुलाई बिद्यालयको प्रगतिको रुपमा उल्लेख गरेका थिए ।
बिद्यालयका ब्यस्थापन समिति अध्यक्ष बद्रि राउतको सभाअध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख निलम खनाल रहेका थिए । कार्यक्रममा वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई, पुर्व वराहक्षेत्र गाबिस अध्यक्ष गंगाबहादुर मगर, समाजसेवि मान ब्रजचार्य, गणेश बिरही, पुर्ब प्रधानपञ्च राजेन्द्र कुमार बिष्ट, चतरा बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष सीता पौडेल, राजनीतिज्ञ मनोज पौडेल, नारायण नेपाल, तुलसी पाण्डे, उद्योग वाणिज्य संघ चतराका अध्यक्ष रमेश बिष्ट लगाएत छिमेकी बिद्यालयका प्रअ, समाजसेबि, संस्थाका प्रतिनिधिहरुको आतित्थ्यता रहेको थियो । बिद्यालका सा.प्रअ ज्ञानबहादुर पाण्डेले स्वागत मन्तब्य राखेको कार्यक्रममा बिद्यार्थीहरुले साझि नृत्य गरेर कार्यक्रमको सोभा बढाएका थिए । ३ बर्ष देखि प्राबिधिक बिषयको रुपमा इलोक्ट्रोनिक इन्जियर बिषयलाई बिद्यालयको शैक्षिक गतिबिधिको रुपमा बिद्यालयको बार्षिक पात्रोमा अटाई प्राबिधिक बिषय अध्यन गराई रहेको बिद्यालयका बिद्यार्थीहरुले निर्माण गरेका बस्तुहरु पनि प्रर्दशन गरेका थिए । जुन बस्तु अतिथि र अभिभाबकहरुको आक्रर्षक बनेको थियो । शिक्षक भेषराज घिमिरेले संञ्चालन गरेको कार्यक्रममा अतिथिहरुले बिद्यालयको गतिबिधिको प्रशंसा गरेका थिए । कार्यक्रमको अवसरमा बिद्यालयका पुर्व अध्यक्ष मध्येवाट राजेन्द्रकुमार बिष्टलाई सम्मान समेत गरिएको थियो । २०६३ सालका एस.एल.सि. समुहले बिद्यालयलाई दुई थान प्रोजेक्टर समेत प्रदान गरे ।
सुनसरी जिल्लाको मात्र नभइ देशको नै नमुना सामुदायिक बिद्यालय योग्य बन्न पुगेको बिद्यालयका कक्षामा बिद्यार्थीको इच्छा अनुसार मन्टेश्वरी पद्धतिबाट टकिङ्ग चिचर पद्धती, बाट कक्षा सञ्चालन हुन्छ भने कक्षा १ देखि कक्षा ८ सम्म अंगेजी माध्यमबाट पढाइ हुने गरेको छ । बिद्यालयको पोषकलाइ आक्रर्षित बनाउन बिद्यार्थीहरुलाई चार समुहमा बिभाजित गरि पोषाकलाई पहेलो, रातो, सेतो र निलो रङ्गको पोषाक बिद्यार्थीहरु लगाएर आउदा सप्तरङ्गी लालीगुरास र आकाशमा इद्रेणी लगाएको आभाष जो कोहिको मनमा पनि हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *