१४९ जना यात्रु बोकेको इथाेपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

एजेन्सी / इथाेपियन एयरलाइन्सको बोइङ –७३७ विमान दुर्घटनामा परेको छ । 

उक्त विमान अफ्रिकी देश इथोपियाबाट केन्यातर्फ जाँदै थियो । स्थानीय समयअनुसार उक्त विमान आइतबार विहान ८ः४४ बजे दुर्घटनामा परेको हो ।

इथोपियाका राजधानी अदिस अबाबबाट नौरोबी जाँदै गरेको सो विमानमा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एयरलाइन्सले खोजी तथा उद्धार कार्यलाई तिव्ररुपमा अगाडी बढाइएको र दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम रहेको पनि जनाएको छ । उडेको छ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो ।

अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।

इथोपियाका प्रधानमन्त्रीले ट्विट गर्दै बिमान दुर्घटना भएको पुष्टि गरेका छन् । सो विमान कुन स्थानमा दुर्घटना भयो र यात्रुहरुको अवस्था के कस्तो रहेको छ भन्ने बारे अहिलेसम्म केही खुलेको छैन् ।

प्रधानमन्त्री अबे आम्दले विमान दुर्घटनामा परेको पुष्टी गरे । उनले भनेका छन्, ‘मृतकका आफन्त र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *