राप्रपा द्वारा वडा कमिटी गठन


नडाहा/राप्रपा द्वारा बराहक्षेत्र ५ वडा कमिटी गठन साथै सदस्यीय परिचयपत्र वितरण सनिवार गरेको छ। बराहक्षेत्र नगर अध्यक्ष अर्जुन भट्टराईको सभापति रहेको कार्यक्रम क्षेत्र नम्बर ४ प्रमुख टेकबहादुर घिमिरेको प्रमुख अतिथिमा भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन समेत गरेको नगर अध्यक्ष अर्जुन भट्टराईले बताए । मेगराज पराजुलीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेहो ।
बराहक्षेत्र ५ नेपाल रेडक्रस सोसाइटी को भवनमा एक कार्यक्रम गरि कमिटी गरेको हुन । उक्त कार्यक्रममा राप्रपाका कार्यकर्ता सदस्य हरुलाई सदस्यीय परिचयपत्र समेत वितरण गरेको भट्टराईले बताए । भट्टराईले भने पहिलो लट ६२ जना सदस्यहरु लाई वितरण गरे र बाकी सदस्य हरुलाई फेरि दोस्रो लटमा वितरण गरिने जानकारी दिए।
एता प्रमुख अतिथि टेकबहादुर घिमिरेले भने बराहक्षेत्र नगर भरी वडा कमिटी गठन गर्दै जाने बताए ।कार्यक्रम राप्रपा पार्टी कार्यकर्ता शुभेच्छुक भोटर लगायत बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालक राम ठकुरी बताए । (दिपक पुरीबाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *