बराहक्षेत्रमा भब्यका साथ महिलाहरुले मनाए नारी दिवस

नडाहा/बराहक्षेत्र १०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गत शुक्रबार बराहक्षेत्र नगरपालिका विभिन्न ठाउमा महिलाहरुले वृहत कार्यक्रम गरी मनाएका छन् ।
८ मार्चको अवसरमा पारालिग बराहक्षेत्र ३ कमिटी र बराहक्षेत्र ३ सृजनसिल आमा समुहको व्यवस्थापनमा आयोजना भएको कार्यक्रममा वृहत र्याली साथै एभरेष्ट खेलमैदान नडाहा देखि टेकाने तिनघरे हुदै एक फन्को गरि एभरेष्ट खेलमैदानमा कार्यक्रम आयोजना भएको थियो । र्यालीको क्रममा महिलाहरुले विभिन्न नाराहरु लगाएका थिए भने जनचेतनामुलक प्ले कार्ड पनि बोकेका थिए ।
बराहक्षेत्र ३ पारालिगल समितिका अध्यक्ष सरिता राई लिम्बुको सभापति रहेको कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालको प्रमुख अतिथि रहेका थिए भने बराहक्षेत्र वडा नम्बर ३ वडा अध्यक्ष रुद्र दाहाल जनप्रतिनिधि वुद्विजिबी समाजसेवी संघ संस्थाका प्रतिनिधि लगायत बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम लाई आकर्षक बनाउन गित संगित नृत्य साथै खेल अन्डिफोर जस्ता कार्यक्रमले कार्यक्रम लाई अझ रमाइलो बनाएको थियो उक्त कार्यक्रममा एकल महिला अस्क्त महिला लाई प्रमुख अतिथि बाट सम्मान गरेका थिए।
यस्तै बराहक्षेत्र पारालिगल नगर कमिटी, सक्षम युवा क्लब, किशोरी क्लब लगायत विभिन्न संघ संस्थाहरुले नारी दिवस कार्यक्रम मनाएका थिए भने
पारालिगल बराहक्षेत्र नगर समितिकी अध्यक्ष मनिदेवी राईको सभाध्यक्षता तथा वराहक्षेत्र नगरपालिकाकी उप प्रमुख कमला मगरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । अवसरमा आयोजित विभिन्न बिदाका प्रतियोगिता विजेताहरुलाई पुरस्कृत समेत गरिएको थियो ।(दिपक पुरीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *