नारी दिवसमा रक्तदान तथा साँस्कृतिक कार्यक्रम

टिका वि.क बाट
गछिया/मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ४ मा रहेको दौतारी महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा नारी दिवसको अवसरमा शुक्रबार रक्तदान तथा साँस्कृतिक कार्यक्रम गरिएको छ ।
कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष सावित्रा गुराँगाईको सभा अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल बचत ऋण सहकारी संस्थाकी संचालक सदस्य गोमा नेपालको प्रमुख अतित्थ्यमा भएको थियो ।कार्यक्रममा सुन्दर हरैचा वडा नं. ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको अतित्थ्य रहेको थियो ।
कार्यक्रममा उपस्थित सभालाई संस्थाका लेखा सदस्य रत्न दाहालले स्वागत सम्वोधन स्वागन मन्त्यव्य द्वारा गरेका थिए ।कार्यक्रमको संचालन संस्थाकी सचिव रमा वस्तीले गरेकी थिइन् । कार्यक्रममा विभिन्न संस्थाबाट आएका प्रतिनिधि,वडा अध्यक्ष शैलेन्द्र क्षेष्ठ ।
र प्रमुख अतिथिले महिला दिदिबहिनीहरुको विशेषलाई लिएर बोलेका थियो भने कार्यक्रममा गायक गायिका बालकृष्ण सिक्देल,गंगा गौतम,अर्जुन कुमार राई, सुमन विष्णु लामा,दुर्गा पराजुली,टिका रसाईली,टेकमणि वस्ती लगायत विभिन्न स्थानीय कलाकारहरुले लोक दोहोरी,एकल गायन र नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई भव्य रुपमा रमाईलो गरी कार्यक्रम सम्पन्न भयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *