सिटी मन्टेश्वरीको बार्षिक उत्सव मनाउदै शिक्षासेवी प्रेमप्रसाद न्यौपानेलाई सम्मान गरियो

इटहरी । इटहरी–४ मा सञ्चालित सिटी मन्टेश्वरी स्कूलले ६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाएको छ ।
कार्यक्रमको अवसरमा इटहरीका शिक्षासेवी एवम् समाजसेवी प्रेमप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरे ।
सो कार्यक्रममा मन्टेश्वरीको बार्षिक प्रतिवेदन शिक्षिका निर्मला घिमिरेले प्रस्तुत गरिन् । उनले अभिभावकहरुबाट सुझाव, सल्लाह र सयोगको अपेक्षा गरेको बताइन् । बार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिदै इटहरीका मेयर द्वारिकलाल चौधरीले बालबालिकामा शिक्षाको आधार तयार गर्न मन्टेश्वरी स्कूलको भूमिका महत्वपूर्ण हुने बताए । साथै उनले इटहरी क्षेत्रका शैक्षिक धरोहरका रुपमा स्थापित व्यक्तित्व प्रेमप्रसाद न्यौपानेलाई सम्मान गर्न पाउदा आफूलाई गौरव महसुस भएको बताए ।
सो अवसरमा इटहरी उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष चन्द्र भट्टराई, नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा सभापति विमल पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले समूह–समूहमा राष्ट्रिय गित, बालगित गाउनुका साथै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व मन्टेश्वरीका अध्यक्ष लेखनाथ घिमिरेले गरेका थिए भने कार्यक्रमको सञ्चालन संजिव घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *