दलित मुक्तिका लागि भन्दै जन्म्यो अर्को संगठन–जात व्यवस्था उन्मुलन मोर्चा

इटहरी । नेपाली दलित आन्दोलनलाई नयाँ दिशा दिने भन्दै जात व्यवस्था उन्मुलन मोर्चा नेपालको जन्म भएको छ । फागुन ११ गते काठमाडौंमा भएको देशभरका दलित प्रतिनिधिहरुको भेलाले राजकुमार हिङ्गमाङ्ग  को नेतृत्वमा ५१ सदस्यीय जात व्यवस्था उन्मुलन मोर्चाको केन्द्रीय समिति गठन गरेको हो ।
मोर्चाको केन्द्रीय समितिमा दीपनारायण दास (धनुषा), रुकु रणपाल (स्याङ्गजा), बुद्धिराम ठटाल (सोलुखुम्बु), रोहित हिङ्गमाङ्ग (पाँचथर), चित्रबहादुर विश्वकर्मा (कास्की), गोविन्द विश्वकर्मा (चितवन), छत्र लाखे (सिन्धुली), नशेर परियार (काठमाडौं), धनबहादुर तोलाङ्गे (रामेछाप), धर्म दुलाल (काठमाडौं) रहेका छन् ।
त्यसैगरी अंकिता गैरे (चितवन), खगेन्द्र विश्वकर्मा (झापा), उर्मिला दर्नाल (सुनसरी), हिरामाया वि.क. (खोटाङ्ग), निर्मला हिङ्गमाङ्ग (झापा), दिलकुमारी लोहार (उदयपुर), किशोर पोखरेल (धनकुटा), विनोद लाखे (उदयपुर), सौगात सेवा (मोरङ), राजकुमार मण्डल (सिरहा), मनोज महरा (धनुषा), उर्मिला बर्देवा (सर्लाही), कालीबहादुर वि.क. (सर्लाही), मनोज राम (पर्सा), खगुनी सदा (सिरहा), सफल दर्नाल (सर्लाही), मनोज पासवान (सिरहा), सिताराम नेपाली (सिन्धुपाल्चोक), केदार घतानी (काभ्रेपलान्चोक), कर्णबहादुर सुनार (काभ्रे), रेखा विश्वकर्मा (मकवानपुर), कमला विश्वकर्मा (भक्तपुर), रामकुमार भित्रीकोटी (काठमाडौं), ममता रसाइली (काठमाडौं), सुदीप गहतराज (मकवानपुर), सुमित्रा खाती (मकवानपुर), रत्न विशुंखे (ललितपुर), टिकाराम बयलकोटी (नुवाकोट), सूर्य शाही (स्याङ्जा), गोपाल वादी (रुकुम), दिलेन्द्र सुनुवार (जुम्ला), भीम परियार (सल्यान), बमहादुर वि.क.(अक्षाम), प्रदीप टमटा (कन्चनपुर), पनि केन्द्रीय मोर्चाको केन्द्रीय सदस्य रहेका छन् ।
मोर्चाका नव निर्वाचित संयोजक राजकुमार हिङमाङ्गले देशमा संघिय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्था हुदा पनि नेपाली दलित समुदायमाथिको आधारभूत शोषण, उत्पीडन, अपमान, भूमिहिनता, बेरोजगारिता, र चरम श्रम शोषण कायमै रहेकोले यस्ता समस्याबाट दलितहरुलाई छुटकारा दिन आफूले मोर्चाको नेतृत्व लिएको बताए । उनले भने–‘छुवाछुत आधारभूत रुपमा घटेको छैन, यसका विरुद्ध हामी संघर्षको उठान गर्दैछौं ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *