एक दिने स्वास्थ्य शिविर संचालन

अच्युत भट्टराई
बराहक्षेत्र/सक्षम युवा क्लब बराहक्षेत्र ५ को आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । शिविर बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ३ को सहयोगमा संचालन भएको हो । शिविरको उदघाटन प्रमुख अतिथी बराहक्षेत्र नगरपालिकाकि उपप्रमुख कमला मगर द्वारा भएको थियो ।
स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेका वडा बासीहरुलाइ निशुल्क रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिविर संचालन गरिएको वार्ड नम्बर ३ का वडाध्यक्ष रुद्र दहालले बताए । शिविर शनिबार कालिन्द्र सामुदायिक वन नडाहको प्राङ्गणमा भएको थियो । शिविर बाट विभिन्न रोगबाट पिडित १ सय २० जना स्थानीय हरुले सेवा लिएको आयोजक संस्थाकी अध्यक्ष रोहिता भट्टराईले बताइन ।
बिजयपुर हस्पिटल धरानका डाक्टर सुनिल सिंहको नेतृत्व मा आएका चिकित्सकहरुले विशेष गरि नाक कान घाँटी रोग लगायतका विभिन्न रोगहरुको चेक जाँच गरि सेवा पुर्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *