इटहरीको यामाहा महा मेलामा २२ सय भिजिटर, शनिबारसम्म १ सय ७७ बाइक तथा स्कूटी बुकिङ्ग, आइतबार पनि बुकिङ्ग जारी रहने

इटहरी । सुनसरीको इटहरीमा सञ्चालन भइरहेको यामाहा महा मेलाको शनिबारसम्म २२ सय जनाले अवलोकन गरे का छन् ।
मेला आयोजक इटहरीको तिरुपति अटोसिटीका सञ्चालक संयोग पराजुलीले झापाको विर्तामोडदेखि भोजपुरसम्मका ग्राहकहरुले मेला भिजिट गरेको जानकारी दिए । सञ्चालक पराजुलीका अनुसार विराटनगर, बराहक्षेत्र, प्रकाशपुर, गौरादह लेटाङ्गलगायत ठाउँबाट भिजिटरहरु आएका छन् । मेलामा १ सय २५ स्यालुटो बाइक बुकिङ्ग भएको छ । त्यसैगरी ५२ जनाले यामाहाको स्कूटी बुकिङ्ग गरेका छन् । मेलाको अन्तिम दिन आज २ सय थान बाइक तथा स्कूटी बुकिङ्ग हुनसक्ने आयोजकले अपेक्षा गरेको छ । ग्राहकको अत्यधिक माग अनुसार १२ गतेसम्म मेलाको अवधी थप गरिएको छ । पूर्व निर्धारित समयअनुसार मेला ११ गतेसम्म भनिएको थियो । पराजुलीका अनुसार यामाहा महा मेला प्रदेश १ कै पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *