रोम पुगेर राज्यमन्त्री चौधरीले भनिन्– रैथाने बाली र वस्तुको संरक्षण सम्बद्र्धन आवश्यक

। कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले रैथाने बाली र वस्तुको संरक्षण तथा सम्बद्र्धन आवश्यक रहेको बताइन् । इटालीको रोममा फेब्रुअरी १८ देखि भइरहेको commission on genetic resources for food and agriculture कार्यक्रममा नेपालको तर्फबाट सहभागी जनाउन रोम आई पुगेकी राज्यमन्त्री चौधरीले विश्व खाद्य तथा कृषि संगठन(एफ.ए.ओ.)का महासचिव सङ्गको भेट वार्ताको क्रममा उक्त कुरा बताएकी हुन् । बिश्व भरी रैथाने बाली र वस्तुहरुको ह्रास भैइ रहेको सन्दर्भमा एफ.ए.ओ.को आयोजनामा आयोजित कार्यक्रममा राज्यमन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल सहभागी भएको छ ।
१७ औ Genetic resources सम्बन्धी सम्मेलनमा सहभागी भएर नेपालको तर्फबाट उक्त प्रतिबद्धता राज्यमन्त्री चौधरीले जनाइन् । बिभिन्न देशमा भइरहेका कृषि क्षेत्रका गतिविधिबारे बिचार आदान प्रदानका साथै रैथाने बाली र वस्तुहरुको संरक्षण, सम्बद्र्धनको निम्ति योजना तर्जुमा गरी विश्वभरि एक साथ कार्यान्वयन गर्ने सम्मेलनको उद्देश्य रहेको छ । छलफलमा नेपाली रैथाने बाली र वस्तुको बारेमा प्रष्ट्याउने काम भएको छ । नेपालमा पाइने झन्डै ७ सय ९० प्रजातीमध्ये ४ सय ८४ रैथाने तथा ९३ आयातित प्रजातीबारे जानकारी गराइएको छ। एफ.ए.ओ.का अनुसार बीसौं शताब्दीमा मात्रै विश्वको बाली बिबिधतामा व्यवस्थापन गर्न नसकिने गरी करिब ७ सय ५५ ले ह्रास आएको छ । यो अवधीमा नेपालबाट मात्रै महत्वपूर्ण बालीहरुका करीब ५ सय ५ रैथाने जातहरु लोप भैसकेका छन् । रैथाने जातहरु लोप भइ बाली बिबिधता ह्रास हुनुको प्रमुख कारण कृषकका स्थानीय जातहरुलाई जथाभावी रुपमा आधुनिक उन्नत जातहरुले बिस्थापित गर्नु हो । जंगली नातेदारहरु बनस्पति मध्ये नेपाल ११ जाती र २९ प्रजातीका खाद्य बालीहरु तथा ६ जाति र १२ प्रजातीका बागवानी बालीहरुको उत्पतिको प्राथमिक केन्द्र मानिन्छ । जलबायु परिवर्तन तथा आधुनिकीकरणले गर्दा महत्वपूर्ण खाद्य बालीहरुका धेरै जंगली नातेदारहरु केही दशकमै लोप हुने अवस्थामा छ । हाल नेपालमा अवस्थित ३० हजार कृषि आनुबंशिक स्रोतहरुको पहुँच मध्ये ११ हजार ३०० सय ८९ आनुबंशिक स्रोतहरु जिन बैंकमा संरक्षीत छन् । नेपाली प्रतिनिधिमण्डलमा राज्य मन्त्री चौधरीको नेतृत्वमा, मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्की र स्वकीय सचिव ङामुङहाङ मेन्याङ्बोको सहभागिता रहेको छ । कार्यक्रम देखि २२ फेब्रुअरीसम्म सञ्चालन हुने जनाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *