सेक्रेडहार्टमा सेस भलिबल कप २०७५ हुने

टिका वि.क.
इटहरी/सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. ७ अवस्थित सेक्रेटहार्ट इङलिस स्कूलले विद्यालयको प्राङ्गणमा २०७५ साल फागुन २ गते देखि ५ गते सम्म सेस भलिबल कप २०७५ प्रतियोगितात्मक खेलको आयोजना गरेकोछ ।
कार्यक्रम स्कूलका भाइ बहिनीहरुको शारिरीक तथा मानसिक विकास, भलिबल खेलप्रति अभिरुची अभिवृद्धि साथै विद्यालय विच आपसी भाइ चारा सम्बन्ध अभिवृद्धिका लागि गरिएको हो । कार्यक्रम प्रतियोगितात्मक विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । जस मध्ये प्रथम पुरस्कार छात्र/छात्रा नगद रु. १२०००।– सहित ट्रफि, मेडल र प्रमाण पत्र, द्वितिय पुरस्कार छात्र/छात्रा नगद रु. ९०००। सहित ट्रफि, मेडल र प्रमाण पत्र, त्रितिय पुरस्कार छात्र/छात्रा नगद रु. ६०००। सहित ट्रफि, मेडल र प्रमाण पत्र, उत्कृष्ट प्रर्दशन छात्र (जनहि) १०००।, सर्वोत्कृष्ट सेटर स्पाइकर र सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट प्रर्दशन छात्रा जनहि १०००।–, सभिसेस लिवरो(रक्षक) र सर्वोत्कृष्ट खेलाडीहरुलाई सम्मान सहित पुरस्कारको व्यवस्था गरिएको प्रिन्सीपल डिक कुमार तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *