कृषिजन्य उत्पादन बढाउनु पर्नेमा राज्यमन्त्री चौधरीको जोड

इनरुवा । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कृषिमा आयात रोक्न उत्पादनमा जोड दिनु पर्ने बताएकी छन् । सोमबार सुनसरीको हरिनगर गाउँपालिकामा धनलक्ष्मी डिप ट्युबवेल समितिद्वारा आयोजित डिप ट्युबवेल शिल्यानास कार्यक्रममा आयातलाई प्रतिस्थापन गर्न नेपालीले कृषिजन्य उत्पादन बढाउनु पर्ने कुरामा जोड दिइन्
नहर सिचाइको अभावको कारणले खेतियोग्य जमिनहरु बाझो रहने समस्या समाधान गर्न डिप र साना ट्युववेलहरु कृषि मन्त्रालयले अनुदानमा दिइरहेको मन्त्री चौधरीले जानकारी दिइन् । नहरको पानीले मात्र नपुगेर किसानले भोग्नु परिरहेको अवस्थालाई अन्त्य गर्ने अभियानमा मन्त्रालय लागि परेको मन्त्री चौधरीको भनाइ छ । कृषि उत्पादनलाई व्यवस्थित गर्न सरकारले नयाँ ठूल–ठूला कृषि थोक बजार ७ ओटै प्रदेशमा निर्माण गर्न लागि परेको मन्त्री चौधरीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *