सरस्वती पूजा तथा ११ औं बार्षिक उत्सव

टिका वि.क.
गछिया/मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ६, सुन्दरपुरमा रहेको पूर्वाञ्चल एकेडेमीमा आइतबार विद्यालयको प्राङ्गणमा सरस्वतीपूजा तथा ११ औं बार्षिक उत्सव एवम् अभिभावक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक बलबहादुर खरेलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथी सुन्दररहैंचा नगरपालिकाकी उपप्रमुख धना तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा अतिथिहरु सुन्दरहरैंचाकी कार्यपालिका सदस्य उर्मिला रिजाल, राजेन्द्रक कार्की, गेहनाथ दाहाल, केशरमान गुरुङ, महारुद्र घिमिरे, नेपाल आदिवासी महासंघ सुन्दरहरैंचा महासमितिका अध्यक्ष सुमन याख्खा, लोकदोहरी गायक बालकृष्ण सिक्देल, लोकबहादुर तामाङ लगायत अन्य रहेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वागत भाषणद्वारा स्वागत सम्बोधन शिक्षक भिम राइले गरेका थिए ।

कार्यक्रमकाृे सञ्चालन शिक्षक असिमजंघ किरातीले गरेका थिए । कार्यक्रममा विहान सरस्वतीको मुर्तिमा पुजापाठ गरिएको थियो भने दिनमा विद्यार्थीहरुले विभिन्न गित संगितमा नृत्य प्रस्तुत गरी उपस्थित अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीले नाटक पनि प्रस्तुत गरेका थिए भने कार्यक्रममा २०७५ का एस.इ.इ. उतिर्ण गरेका विद्यार्थीहरुलाई खादा ओडाएर सम्मान पत्र दिएर विदाइ गरिएको थियो । कार्यक्रममा जिल्ला प्याव्सन स्पोर्ट मिट २०७५ मा प्रथम भएका विद्यार्थीहरुलाई मेडल सहित सम्मान पत्र दिएर सम्मान गरिएको थियो । कार्यक्रममा सर्वश्रेष्ठ कर्मचारी पुरस्कार कर्मचारी अम्बिका भुजेललाई, जेष्ठ अभिभावक पुरस्कार सुनमाया तामाङ लाई र सर्वश्रेष्ठ शिक्षक पुरस्कार शिक्षक सीताराम कोइरालालाई दिएर प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा उस्थित प्रमुख अतिथि र अतिथिहरुले शुभकामना मनतव्य दिएर बोलेका थिए । भने प्रमुख अतिथि लगायत अतिथिहरुलाई मायाको चिनो पनि दिइएको थियो । साथै जिल्ला प्याव्सन स्पोर्ट मिट २०७५ मा प्रथम हासिल गरेका विद्यार्थीहरुलाई एक महिना बराबरको विद्यालयमा तिर्नुपर्ने शुल्क समेत मिना गरिदिएको विद्यालयका प्रिन्सीपल दिपेन राइले कार्यक्रममा बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *