इटहरीको फुड फेस्टिबलमा हात्तीसंग फोटो खिच्नेको भिड

दीपक कार्की
इटहरी । इटहरीमा जारी फुड फेस्टिबलमा नजिकबाट हेर्न र हात्तीसंगै फोटो खिच्न सक्ने व्यवस्था मिलाइएपछि हात्ती फेस्टिबलको आकर्षणको रुपमा रहेको छ ।
फुडफेस्टिबल आयोजक होटल व्यवसायी संघ इटहरीले कोसी टप्पु वन्यजन्तु आरक्षबाट दुई वटा हात्तीहरु ल्याएर नजिकबाट हेर्ने सकिने व्यवस्था मिलाएपछि फेस्टिबलमा हात्तीप्रतिको आकर्षणको बढेको हो । फेस्टिबलमा हात्ती ल्याएर हात्ती फोटो र पर्दामा मात्र देखेकाहरु नजिकबाटै वास्तविक रुपमा देख्न सकिने व्यवस्था मिलाइएको फेस्टिवलका हात्ती व्यवस्थापक बाबुराम गिरी बताउछन् । हात्ती नदेखेका बालबालिकाहरु साथै अन्य अवलोकनकर्ताहरु समेत नजिकबाट हात्ती हेर्न फोटो खिच्न पाउदा खुशी लागेको बताउछन् । इटहरीकी रचना पाण्डे फोटो र पर्दामा मात्र हात्ती देखेपनि नजिकबाट आँखैले देख्दा अचम्म र खुशी लागेको बताउछिन् ।
इटहरी फुड फेस्टिवलमा हात्ती हेर्न आउने रचना मात्र हैन अरु पनि नजिकबाटै ठुलो जनावर हेर्न पाएकोमा हर्षित भएको देखिन्छ । जंगली ठुलो जनावर हात्ती सहज रुपमा देख्न नसकिने भएकाले हात्ती हेर्नकै लागि बालबालिका देखि जेष्ठ नागरिकहरु समेत आउने गरेको फेस्टिवल आयोजकहरु बताउछन् । गत विहिबारबाट सुरु भएको मेला वर्षाका कारण शुक्रबार र शनिवार प्रभावित भएको फेस्टिबल संयोजक दीपक पोखरेल बताउछन् । मौषमका कारण हेलिकप्टर लक्ष्य अनुसार सञ्चालन गर्न नकिएको कारण पनि घाटा व्यहोर्नु परेकाले हेलिकप्टर थप एक दिन राख्ने विषयमा समेत सल्लाह भइरहेको उनले जानकारी दिए । मौषमका कारण शनिबार कलाकारहरु समेत आउन नसकेको, स्टलहरुमा समेत वर्षाको पानी जमे पनि आइतबार मौषम सफा भएकोले फेस्टिवल सफलतापूर्वक सम्पन्न हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *