कृषि विकास बैंक इटहरी शाखाप्रति सेवाग्राहीको गुनासो, कर्मचारी भन्छन् तालिममा जांदा केही ढिला भयो

इटहरी । इटहरीमा कार्यालय रहेको कृषि विकास बैंक इटहरी शाखाप्रति सेवाग्राहीहरुले गुनासो गरेका छन् । इटहरी क्षेत्रका निर्माण व्यवसायीहरुले बैंक ग्यारेन्टी बनाउन जाँदा समयमा आफ्नो काम नभएको गुनासो गरेका हुन् ।
बैंकको लोन शाखाबाट समयमा काम नहुदा आफूहरुले झण्झट बेहोर्नु परेको उनीहरुले बताएका छन् । उनीहरुले भने–‘कर्मचारीले समयमा काम नगरिदिदा व्यावसाय चौपट भएको छ ।’ कर्मचारीले फायल ओल्लो टेबलबाट पल्लो टेबलमा सारेको सारै गर्दा आफू दुःखी भएको एक निर्माण व्यवसायीले गुनासो गरे ।
सानो तथा कम वित्तीय अवस्था भएका व्यवसायी एवम् उद्यमी किसानहरुका वीचमा बैंकले काम गर्दै आएको छ । व्यवसायीको गुनासोबारे इटहरीको कृषि विकास बैंकको लोन शाखामा बुझ्दा कर्मचारी तालिममा सहभागि हुन गएकोले केही समय ढिला हुन गएको स्वीकार गरे । लोन शाखाका कर्मचारीले भने–‘केही स्टाफ इटहरी बाहिर तालिममा जानु भएको थियो, त्यसैले काममा केही ढिला भएको हो, अब त्यस्तो हुने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *