सम्पादकिय : सपुतको जन्म

सतिले सरापेको मुलुकमा सपुतको जन्म विरलै वा दुर्लभ हुन्छ, सपुत जन्मले होइन कर्मको पहिचान भएको हुँदा आधुनिक विश्वमा माहान अभियान कर्ताको कामले मात्र सपुतको जन्म प्रमाणित हुन्छ । कुलिन घरानाको जन्म, ज्योतिषको आस्वासन, विद्रोही मानसिकता र आडम्बरको नेतृत्वले मात्र सपुतको परिचय पुरा हुँदैन् । भारतका अन्ना हजारे यी सबै कुराका प्रतिमुर्ति थिएनन् । जीवन सोखिन थिएन, जन्म घरानाको थिएन, ज्योतिष संग कहिल्यै चिना हेराएनन्, विद्रोही मानसिकता थिएन तर जीवन्त अभियान कर्ता हुनुहुन्थ्यो । विश्वको खुला प्रजातन्त्र भएको मुलुक भारतले अन्ना हजारेबाट धेरै कुरा सिक्ने मौका पायो । यसका अभिमुख कर्ता महात्मा गान्धीको श्रेष्ठता विश्व अभियान मञ्चमा कसैले आँक्न सक्दैन् । अदम्य शाहस, जीवन्त नेतृत्व, सन्त प्रबृत्ति, सकुशल सपुतका लागि मान्य चरित्र रहे ।
आजको भारत महात्मा गान्धीको ऐतिहासिक उपस्थिति हो । लाग्छ भारतलाई माहात्मा गान्धी र अन्ना हजारेले सिकाउन बाँकी रहेको भए अर्को यस्तै अभियान कर्ताको जन्म अवश्यमभावी छ । भावी भारतको नेतृत्व यीनै पंतिका चरित्र भएका सपुतहरुबाट मात्र सम्भव छ भन्ने कुरा प्रमाणित भै सकेको छ । हामी कहाँ राजनीतिक नेतृत्व परिवर्तन पछि जनतामा आएको कुशंस्कार र नेतामा आएको दम्भका विचमा सतिले सरापेकै मुलुक भए पनि यस्तै अभियान कर्ताको खाँचोको महसुस गरिएको थियो । विद्रोह पछाडीको सत्ता, अपरिलक्षित, अपरिहार्य भएता पनि नेतृत्वमा रहने नेताहरु यसलाई धान्न र मान्न तत्पर हुनुपर्नेमा परिवेश योग्यता, मौलिकता र अभियानको कसीमा पटक–पटक असफल भै रहँदा पनि सत्याग्रहको सन्दर्भ र अभियानबाट औषधी विज्ञानका अध्येता डा. गोविन्द के.सी.पोषणको दृष्टिले निराहार अनसन बस्नु राम्रो होइन भन्ने जान्दा जान्दै पनि सतिले सरापेको मुलुकमा सपुतको गुन्जाइसका खातिर बहुजन हिताय र बहुजन सुखायका नारासाथ १६औं अनसनमा रहनु भएको आज तीन हप्ता देखि खाली पेट अभियानको आह्वानमा हुनुहुन्छ ।
सत्ता र सरकारको अनिवार्य कार्य प्रति उनको अभियान उन्नत छैन भन्ने सरकारको निश्कर्ष भए पनि १५ औं अनसन सम्मको अभियानको निष्कर्ष राज्य असफल थियो भन्ने नै हो । यस अर्थमा सतिले सरापेको मुलुकमा डा. केसीको जन्म सपुत स्वरुप भएको छ । कमसे कम यस अभियानलाई आलोचना होइन समिक्षा गरौं, विरोध होइन विमर्ष गरौं, घृणा होइन सम्मान गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *