स्थानीय खाद्य पदार्थको बजारीकरण आबश्यक–राज्य मन्त्री चौधरी

मकवानपुर । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले परम्परागत, पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गर्न आवश्यक रहेको बताएकी छन् ।
नेपाल सरकार कृषि तथा पशुपक्षी बिकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तरगतका क्षेत्रीय कार्यालय हेटौडाद्वारा मकवानपुरको भुलभुले हर्नामाडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले उक्त कुरा बताएकी हुन् । स्थानीय खाद्य पदार्थलाई बढावा दिन, प्रचार प्रसार गर्न र बजारीकरण गर्न खाद्य मेला लगाउने योजना मन्त्रालयले अघि बढाएको राज्यमन्त्री चौधरीको भनाइछ । नेपाली खाद्यन्नको औद्योगिकरण र बजारीकरण गर्न सरकार लागि पर्ने उनले बताइन् । वर्तमान युवापुस्ता बिदेशी प्याकेटका खाने कुरा प्रतिको आकर्षण र अनावश्यक प्रचारबाजीले गर्दा परम्परागत तथा पोषिला खाद्य पदार्थहरु छायामा परेको मन्त्री चौधरीले बताइन् ।
कृषि क्षेत्रको समग्र बिकासको लागि सरकार जोडदाररुपमा लागि परेको उनको भनाइछ । हजारौं युवाहरूलाई कृषि क्षेत्रमा रोजगारी दिन सरकार अगाडी बढिरहेको उनले जनाइन् । बिदेशिएका युवाहरूलाई समेत नेपालमै कृषि क्षेत्रमा रोजगारी दिन आवश्यक तालिम र बिना धितोको ऋण उपलब्ध गराउन सरकार तयार रहेको राज्यमन्त्री चौधरीले बताइन् । परम्परागत, पोषिला एवम स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौं,असल खानपानको लागि खाने बानी बसालौं । मुल नाराका साथ बिभिन्न स्थानीय खाद्य पदार्थको प्रमोसन गर्न स्टलहरु राखिएको खाद्य मेला २०७५ तीन दिन सम्म सञ्चालन खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका कार्यलय प्रमुख सोमकान्त रिजालले बताएका छन् । कार्यक्रममा विशेष अतिथि कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थिति र खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक सन्जीव कर्णको उपस्थिति रहेको थियो । उद्योगी, व्यवसायी, जनप्रतिनिधि, जिल्ला प्रशासन प्रमुख र जिल्ला कार्यलयका प्रमुखहरूको समेत उपस्थित रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *