स्वास्थ्य स्वयंसेविकाहरुको सहयोग पारसलाई

हटलाइन संवाददाता
बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका ३ नडाह निवासी महिला स्वास्थ्य स्वयं सेविका मिना पौडेलका २१ बर्षिय छोरा पारस पौडेललाई उपचारका लागि स्वयंसेविका द्वारा ११ हजार ५ सय रुपैया सहयोग प्रदान भएको छ ।
पारस १० महिना देखि टाउको दुख्ने रोग बाट ग्रसित छन् । खासमा उनलाइ के भएको हो भन्ने अहिले सम्म पत्ता लागेको छैन । उपचारका लागि भारतको सिलिगुडी , बिराटनगरको न्युरो हस्पिटल समेत लगिसकेको उनकी आमा मिनाले बताइन् ।
अहिले ३ दिन देखि निकै बिरामी परेका पारसलाइ २१ जना महिला स्वास्थ्य स्वयंसेविका साथै कर्मचारी शोभा चौधरी र कुलानन अभिलाषी को सक्रियतामा नगद रकम संकलन गरिएको स्वयंसेविका गिता कट्टेलले जानकारी दिइन । बिरामीलाई थप उपचारका लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लाने तयारी गरिएको परिवारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *