संघियताबाट थारु समुदायको अधिकार स्थापित–राज्यमन्त्री चौधरी

बारा । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले संघियताले थारुको अधिकार स्थापित गरेको बताएकी छिन् । थारु कल्याणकारीणी सभा जितपुरद्वारा आयोजित ३ दिने माघी महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले उक्त कुरा बाताएकी हुन् । संघियता आउनु अगाडी थारुहरुको आफ्नो छुट्टै पहिचान नरहेको उनको  भनाइ छ ।
पहिलो र दोस्रो संविधान सभामा थारुहरु केहीले मधेसी र केहीले आदिबासी र जनजाती कोटाबाट प्रतिनिधित्व गरेपनि संविधान काार्यन्वयन संगै थारुहरुको छुट्टै पहिचान स्थापित हुदै गएको राज्यमन्त्री चौधरीले बताइन् । उनले भनिन्–‘अब थारुहरुले राज्यको सबै क्षेत्रमा पहिचानसहित प्रतिनिधित्व गर्ने सुनिश्चितता भएको छ ।’ थारुको आफ्नो छुट्टै संबैधानिक थारु आयोगको व्यवस्था संविधानमा भएकोले धेरै समस्याको समाधान आयोगबाट पनि हुन सक्ने कुरामा उनले जोड दिइन्। थारुहरुको समग्र बिकासको लागि सरकार जिम्मेवार रहेको राज्यमन्त्री चौधरीले जनाइन् ।
थारुहरुको मुख्य आयस्रोत कृषि भएको उनले स्मरण गराइन् । कृषि क्षेत्रको समग्र बिकास र रुपान्तरण गर्न सरकार अगाडी बढिरहेको उनको भनाइ छ । कृषि क्षेत्रमा काम गरिरहेका कर्मचारी र किसान दुबैको चेतना परम्परावादी रहेकोले यस्तो चेतनालाई बदलेर आधुनिकतामा ढाल्नुपर्ने उनको सुझाव छ । उनले भनिन्–‘ कृषि क्षेत्रमा नयाँ औजार चलाउन, आधुनिकीकरण र व्यवसायीकरण गर्न कर्मचारी किसानको पनि दिमाग आधुनिक हुनुपर्छ ।’
सो महोत्सवमा प्रदेश सांसद ज्वाला साह, अनिल श्रेष्ठको उपस्थित रहेको थियो । महोत्सवमा बिभिन्न थारु परिकारका स्टलहरु राखिएको छ । महोत्सव ३ दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *