अबिभाबक भेला बिनै बित्यो ७ बर्ष

अच्युत भट्टराई
बराहक्षेत्र/सुनसरी जिल्लाको बराहक्षेत्र ४ कौवाखोजमा रहेको भगवती आधारभुत बिद्यालय २०२० सालमा स्थापना भएको हो ।
तर दुखको कुरा सात बर्ष देखि यस विद्यालयमा अबिभाबक भेला हुन नसकेको स्थानीयहरुको गुनासो छ । स्थानिय गणेश विष्ट भन्छन् बिद्यालयमा सकारात्मक भन्दा नकारात्मक पक्षहरु बढेर गएका छन् । बिद्यालयको कुनै औपचारिक कार्यक्रममा २५ वटा कमजोरीका बुदाहरु प्रस्तुत गर्ने पक्षमा छु । बिद्यालय प्रसासन तथा ब्यबस्थापन पुरै लथालिङ्ग छ  । पछिल्लो पटक गठन भएको ब्यबस्थापन सामितिको कार्यावधी पनि २ बर्ष ४ महिना बितिसकेको छ तर दुखको कुरा अविभावक भेलानै हुन सकेको छैन बिष्टले बताए ।

पहिलेको ब्यबस्थापन समिती बाट नै सबै कुरा लथालिङ्ग थियो । माघ महिना भित्रमा लेखा परिक्षण प्रतिबेदन तयार हुँदैछ । त्यस पछि अबिभाबक भेला गराएर सबै कुरा सार्वजनिक गर्ने ब्यबस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर खड्काले जानकारी दिए । समुदायका अग्रज ब्यक्तिहरु सबैको सहयोग भए मात्रै बिद्यालयको बिकास चाडो हुन सक्ने अध्यक्ष खड्काको भनाइ छ । बहिर घाम तापेर बसेका शिक्षकहरु , बाहिर खेलिरहेका विद्यार्थीहरु , स्कुल समयमा गाउँ टोलमै भेटिएका विद्यार्थीहरुका बारेमा कुरा गर्दा अध्यक्ष खड्काले बिद्यालयका प्रधानध्यापक हरि कार्कीलाई धेरै पटक सुझाव दिइसकेको बताए । उता प्रधानध्यापक कार्की भन्छन् अबिभाबककै कारण विद्यार्थी बिद्यालय कम आउछन् घरायसी काममा अल्झाएर बच्चा बिद्यालय नपठाउने बानि बसेकोछ । यसमा बिद्यालय ब्यबस्थापन समिती अबिभाबक स्वयंले सहयोग गर्नु पर्ने उनको भनाइ रहेको छ । कहिलेकाही ब्यबस्थापन समितिको बैठक बोलायो भेला हुनै गाह्रो पर्छ । जिम्मेवार ब्यक्तिहरुनै उपस्थित नभए पछि संस्थालाई अगाडि बढाउनै गाह्रो छ प्रधानध्यापक कार्की बताउँछन् ।

कहिलेकाही बैठक बस्छ तर बिबादमै अन्त्य हुन्छ । बिद्यालय लाई अगाडि बढाउने केही त्यस्तो योजना नै आउदैन । अब त बैठकमा जान पनि दिक्क लाग्छ ब्यस्थापन समितिका सदस्य धन बहादुर सुबेदिले बताए ।

त्यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष आशाराम चौधरी भन्छन् , ब्यबस्थापन समिति र प्रधानाध्यापकको लापरबाहीका कारण बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भबिश्यमा खेलवाड भइरहेको छ । विद्यालयका बारेमा आफुले धेरै पटक प्रधानाध्यापक र ब्यबस्थापन समितिका अध्यक्षलाई सुझाव समेत दिइसकेको उनले बताए ।
नेपालको संघीय पुर्न संरचना पश्चात् साबिक भरौल गाबिसको वार्ड न ७ ,८ ,९ ,२ र ६ मिलेर अहिले बराहक्षेत्र नगरपालिका वार्ड न ४ भएको छ । जहाँ २ वटा मात्रै सामुदायिक बिद्यालयहरु रहेका छन् । त्यसै मध्येको एक हो भगवती आधारभुत बिद्यालय ।

  श्रीजनमत साप्ताहिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *