हाम्रो पत्रकारिताको सन्देश

 शालिग्राम पाण्डे


सन् १९४८ को ‘गोरखा भारत जिवन’ मा मोतिराम भट्टले रोपेको पत्रकारिताको बिरुवा सुधा सागर हुँदै आज एक्काइसौं शताब्दीसम्म आइपुग्दा नेपालमा पत्रकारिताको इतिहासले कोल्टे फेरिसकेको छ । हिजोको पत्रकारिता मिसन र आजको पत्रकारिता मिसनमा धेरै फरक आइसकेको छ । नेपाली पत्रकारिताको जग पुरानो भए पनि यसलाई जनताको पहुँचसम्म पु¥याउन गति लिएको भने त्यति धैरै पनि भएको छैन । १९५८ सालमा ‘गोर्खापत्र’ साप्ताहिकको प्रकाशन र त्यसपछि ‘गोरखापत्र’ दैनिकका रुपमा रुपान्तरित हुँदै पूर्ण समाचारमूलक पत्रिका प्रकाशनको प्रारम्भ भएको पाइन्छ । पत्रकारिता समाजको ऐना हो । जसलाई हेरेर परिवार, समाज र राष्टूलाई चिन्ने, बुझ्ने र सोच्ने गरिन्छ र सोही अनुरुपको मार्ग निर्देशन पनि हुन्छ । ।

पत्रकारिता जति विकास हुँदै गयो त्यति राज्यका बिभिन्न क्षेत्रको विकास, बिस्तार, जनचेतनामा योगदान दिँदै गयो । ठूला ठूला राजनीतिक परिवर्तनमा पत्रकारिताको अमूल्य योगदान रहँदै आएको सर्वविदितै छ । नेपालको पत्रकारितामा पञ्चायती व्यवस्था विरुद्धमा पत्रकारहरुले पु¥याएको योगदानलाई कसैले भुल्न मिल्दैन । २०४६ सालको सफल जनआन्दोलन पछि मुलुकमा बहुदलीय व्यवस्था स्थापना भयो । यो व्यवस्थालाई स्थायित्व दिन पत्रकारहरुले धेरै साहसिक काम गरेका छन् । २०६२÷०६३ को जन आन्दोलनमा पनि पत्रकारहरुले धेरै साहसी भएर कलम चलाएको सबैका सामु घाम जत्तिकै छर्लङ्ग छ । समाचार लेखेको विषयमा कति पत्रकार कुटिए, कतिले हप्कीदप्की व्यहोर्नु पर्यो, कतिले मुद्दा खेप्नू प¥यो, केही पत्रकारको हत्या नै गरियो । पूर्वराजा ज्ञानेन्द्रले माघ १९ गते प्रधानमन्त्रीलाई अपदस्त गरी शासनको बागडोर हातमा लिएपछि सञ्चार गृहमा सेनाहरुद्वारा ताल्चा लाइयो । कतिपय सञ्चार गृहलाई सञ्चालनमा आउन दिएनन् भने कतिपयले समाचार सेन्सरसिप गरेर भएपनि जनताका माझमा समाचार सम्प्रेषण गरे । सो समयमा सम्पादकीय, समाचारमा सेन्सर गरिएको समाचार जस्ताको तस्तै राखेर पनि जनताको सूचनाको हक पत्रकारहरुले कायम राखेका थिए ।

पत्रकारहरुले जीउज्यानको बाजी थापेर समाचार, विश्लेषण, खोज तथा सुझाव टिकाटिप्पणी, आलोचना र राम्रो कामको तारिफ वा समझदारी गरेर जनतालाई जागरुक बनाएकाले १९ दिने आन्दोलन भयो सो आन्दोलनमा जनताको सहभागिता देखेर विश्व नै चकित पर्यो । जीउज्यानको माया मारेर उर्लिएको जनसागर थाम्न नसकेर पूर्वराजा स्वयं थकित भएर संसद पुनस्थापनाको घोषण गर्न बाध्य भए । त्यो क्षण आज सपनाजस्तो लागि रहेको छ । सञ्चार माध्यमलाई जति सुकै अंकुश लाएपनि पत्रकारहरुले अधिनायकबादको विरोधमा समाचार सम्प्रेषण गरेकाले जनता जागरुक भएर आन्दोलनमा सहभागिता देखाएका कारण १९ दिने आन्दोलन सफल भयो । आन्दोलनमा आन्दोलनकारी मारिएका थिए । घाइते भए तत्कालिन सरकारको अत्याचार सहन नसकेर जनता झन् शसक्त रुपमा आन्दोलनमा उत्रिए, त्यो ऐतिहासिक क्षणको स्मरण गर्दा पनि आज अनौठो लाग्छ । त्यस समयमा पनि राजतन्त्रको खोल ओढेका केही पत्रकार भनाउँदाले पूर्व राजा ज्ञानेन्द्रको पक्षमा तथा आम जनताको आवाज विरुद्धमा जनतालाई भ्रम पार्ने खालका समाचार नआएका होइनन् । तर त्यस्ता पत्रकारहरुलाई जनताले विश्वास गरेनन् । मुलुक र जनताको पक्षमा रहेर कलम चलाउने पत्रकारलाई जनताले साथ दिए ।
लोकतन्त्रको दुहाई गर्ने पक्षमा रहेका केही पत्रकार जनताबाट तिरस्कृत भएकाले उनीहरुको केही चलेन । पत्रकारिताको धर्म भनेको मानव अधिकारको रक्षा, अन्याय, अत्याचार, घुस, भ्रष्टाचार, अनियमितता आदिको बारेमा कलम चलाउने हो । पत्रकार भनेर विश्वमा सबैले अग्रपंतिमा मान्ने पत्रकारले कलम चलाउँदा उसले आप्mनो निजी स्वार्थ भुलेर समाज र मुलुकका लागि समग्र मानव जातिका लागि कलम चलाएको हुन्छ । त्यसरी निस्वार्थ भावनाले कलम चलाएको हुनाले कलमको शक्तिमा निरंकुश प्रशासकहरु पनि तिरमिराउने गर्दछन् । पत्रकारहरुले गल्तीलाई गल्ती र सहीलाई सही भन्न सक्ने क्षमताका कारण पत्रकारको पहिचान फरक बनेको छ ।

पत्रकार भनेका न्यायाधीश पनि हुन्, समाचार लेखिएकै भरमा धेरैलाई न्याय पुगेको हुन्छ । एउटा समाचारको प्रभावले कहिले कही धेरैले न्याय पाएको अनुभुति गर्छन् । समाचारको प्रभावले समाज परिवर्तन भएको हुन्छ, समाचारले मानिसको ज्यान बचाएको हुन्छ । यस अर्थमा सञ्चार क्षेत्रले पनि आम जनतालाई न्याय दिएको हुन्छ । अदालतको न्याय दिने प्रकृया आप्mनो ठउँमा छ, पत्रकार तथा सञ्चार माध्यमले दिने न्याय आप्mनै खालको हुन्छ । जे जसरी होस् जनताले कतिपय अवस्थामा पत्रकारले लेखेको समाचार तथा लेखवाट न्याय पाएको अनुभुति गर्ने गरेका दृष्टान्तहरु प्रशस्त छन् । त्यसैले पत्रकारलाई आम मानिसले महत्वका साथ लिने गरेका हुन् । पत्रकारले कहिल्यै पनि सानातिना कुरामा अल्झिनु हुँदैन, लोभलालचमा फस्नु हुँदैन, पत्रकारले विवेकशिलताको अधिकतम प्रयोग गर्नुपर्छ, निष्पक्षता, स्वतन्त्र भावना पत्रकारको शान हो । पत्रकार जहिले पनि अध्ययनशिल हुनुपर्छ, पत्रकारले भोलिका दिनमा आफुले लेखेको समाचारले कही कतै विध्न बाधा होला कि त्यसतर्फ पनि ध्यान दिनुपर्छ । पत्रकारले कतिपय अवस्थामा आफैले हेरेर अवलोकन गरेर मात्र समाचार लेख्नु पर्ने हुन्छ । किनकी सुनेका, सुनाएका, पढेका कुरा बनावटी हुन सक्छन्, झुटा हुन सक्छन् । पत्रकारले समाचार लेख्नु अघि यो समाचारले समाजमा कस्तो सन्देश दिन्छ सकारात्मक वा नाकारात्मक सोच्नु पर्छ । पत्रकारले लेखेको समाचार कसैका लागि अप्रिय होला तर समाजको हितमा छ भने त्यो समाचारमा जोखिम मोलेर भए पनि समाचार लेख्नु पर्छ ।

पत्रकारले समाचार लेख्ने विषयवस्तुहरु थुप्रै छन् तर ती विषयमा समाचार आइरहेको पाइँदैन । बिभिन्न स्थानीय तह महानगरपालिका, नगरपालिका, गाउँपालिका, नेपाल सरकारका विभिन्न कार्यालयहरु आदिबाट सेवाग्राहीले सेवा पाएका छन् छैनन् ? सेवा प्रदायक निकाय जनमुखी छन् छैनन् ? सरकारी राजस्व कुन निकायले के कसरी छलिरहेको छ ? नेपालका शिक्षित नागरिक सबैलाई थाहा छ मालपोत कार्यालयमा अनियमितता हुन्छ भनेर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सार्वजनिक रुपमा भनि सक्नु भएको छ–मालपोत र नापीका कर्मचारीलाई कारबाही गरेमा कर्मचारी शुन्य हुन्छन् । यस्तै कहाली लाग्दो अवस्था छ यातायात व्यवस्था कार्यालयको । बिभिन्न कार्यालयहरुमा घुस (भ्रष्टाचार) हुन्छ भन्ने कुरा सेवाग्राही, कार्यालय सहायकदेखि प्रधानमन्त्री संवैधानिक अंगका प्रमुख सबैलाई थाहा छ तर कर्मचारीलाई कारबाही हुँदैन यसको मुख्य कारण के हो त ? पत्रकारहरुले खोजमुलुक समाचार लेख्नु पर्छ । मालपोत, आन्तरिक राजस्व, यातायात, सडक विभाग, स्थानीय तह नपा, गापा आदिमा भएका घुस तथा भ्रष्टाचारका बारेमा समाचार लेख्दा सबैले एक भएर लेख्नु पर्छ । त्यसको छानविन गरी निचोडमा नपुन्जेलसम्म समाचार लेखिरहनु पर्छ । घुस भ्रष्टाचारा बढ्नमा नीतिगत कुरा रहेकाछन् । राजनीतिक च्यानल मिलाएर भ्रष्टाचार हुने गरेको छ । घुसको कारोबार अपवाद बाहेक जहाँ पनि हुने गरेको छ । भ्रष्टाचार सर्बत्र व्यापक छ रकम सानो ठूलो हुन सक्छ तर सबैतिर घुस र भ्रष्टाचार छ । सरकार घुस र भ्रष्टाचारको अन्त्य गर्न चाहदैन यसका लागि के कसरी समाचार लेखेर हुन्छ अन्तर्राष्ट्रिय स्तरबाट नै दवाव आउने गरी आम जनताको ध्यानाकर्षण हुने गरी समाचार लेख्न आवश्यक देखिन्छ ।
त्यसैले घुस भ्रष्टाचारका समाचार सामान्य हिसाबले लेखेर हुँदैन । सबै सञ्चार माध्यमले एकधुर भएर तथ्यमा आधारित रहेर समाचार लेख्नु पर्छ । हाम्रो दुर्भाग्य मन्त्रीले दोहोरो तेल लिएर, सांसदले आप्mनो घर छँदाछँदै घरभाडा लिएर आर्थिक हिनामिना गरेभन्दा प्रधानमन्त्रीले यस्ता आरोपले लोकतन्त्रलाई खतरा हुन्छ भन्ने अभिव्यक्ति दिन्छन् भने पत्रकारले मुलुकमा रहेको बेथिति, घुस, भ्रष्टाचार, अनियमितता आदिमा अब कसरी कलम चलाउने हो सोचेर बुझेर, कलम चलाउनेहरु आपसी छलफल गरेर खरो रुपमा कलम चलाउनु पर्ने भएको छ ।
समाचार लेख्दा तथ्यपरक हुनु पर्छ । विषय वस्तुको गहिराइमा पुगेर मात्र समाचार लेख्नु पर्छ । पत्रकारहरुमा पनि कतिपय कुराको ज्ञानमा कमी हँुदा लेखेको समाचारले समाजमा नकारात्मक असर पर्न सक्छ । त्यसैले पत्रकारले म धेरै जान्ने, म नै सबैथोकको ज्ञाता हुँ भनेर घमण्ड गर्नु हुँदैन । यो संसारनै परिवर्तनशील छ । मिनेट मिनेटमा कतिपय कुराहरु परिवर्तन भएका हुन्छन् त्यसर्थ सत्यता केहो समाचार लेखेर अन्तिममा जाँच (क्रसचेक) गर्नै पर्छ । पत्रकारितामा समाचार लेख्न सबैले एकले अर्कोलाई उछिन्ने अर्थात् ब्रेकिङ न्यूजका लागि पत्रकारहरु कहिले कँही हतारमा गलत समाचार जनताका सामु पस्कन पुग्छन् । जस्तो कहिले कही विभिन्न खालको दुर्घटनामा तथा अन्य घट्नाहरुमा मानिसको निधन भएको समाचार आउँछ तर मानिसको निधन भएको हुँदैन । त्यस्तो अवस्थामा स्वयंव्यक्ति परिवारलाई कति पीडा पर्न जान्छ । पत्रकारबाट कहिले कही न्यूज ब्रेकिङ गर्ने प्रतिस्पधामा वा कसैको विश्वासमा पर्दा यस्ता गल्ती हुने गरेका छन् । समाचार छापिएको कुराले मानिसमा विश्वास दिलाउँछ । तसर्थ समाचार लेखेर छाप्ने कुरालाई सामान्य रुपमा लिइनु हुँदैन । समाचारको असरले कहिले कही समाजले ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ त्यसैले समाचार लेख्दा स्रोतको पहिचान गरेर सकेसम्म स्रोत खुलाएर सही कुरा छाप्नु बुद्धिमानी हुने छ ।

पत्रकारले समाचार लेख्दा सत्य तथ्यका आधारमा समाचार लेख्नुपर्छ, । समाचार लेख्दा विषय वस्तुको गहिराइमा पुग्न सक्नुपर्छ । समाचार लेखिरहँदा मैले लेखेको समाचारले समाजको रुपान्तरणमा के कस्तो योगदान दियो ? के कस्ता योगदान दिन सक्छ ? त्यस तर्फ पनि ध्यान दिनु पर्छ । समाचार लेख्नेले समाचार लेखे पछि कि त ताली, कि त गाली खानु पर्छ भन्ने भनाई छ । भनाइको अर्थ समाचार लेखेकाले कसैले न्याय पाउँछन्, कसैलाई राहत मिल्छ उनीहरुले ताली बजाउछन् नै । गलत काम गर्ने, घुस, भ्रष्टाचार गर्नेहरुको विषयमा समाचार लेखिए पछि सम्बन्धित व्यक्ति उपर मुद्दा लाग्न सक्छ, गल्ती काम गर्ने कर्मचारीको जागिर जान सक्छ, जागिरमा घटुवा हुन सक्छ । समाचारको प्रभावले कसैको जागिर गयो, मुद्दा परेर जेल जानु पर्यो, गलत कामको ढाकछोप गर्न नसक्दा समाजमा इज्जत प्रतिष्ठा गुम्यो भने स्वभाविक रुपमा त्यस्ता व्यक्तिले पत्रकारलाई गाली गर्छन् । गालीमात्र होइन कुटपिट गर्ने, ज्यान सम्म लिन सक्छन् । त्यस्तो अवस्थामा पत्रकारले आफु कसरी सुरक्षित रहने त्यसतर्फ पनि सोच्नु पर्छ ।
पत्रकारलाई कहिले कही कतिपय व्यक्तिले प्रयोग (युज) गर्ने गरेको पाइन्छ पत्रकारले यस्ता कुरामा चलाखी अपनाएर कसैले युज गर्न लाग्दैछ भने त्यस तर्फ सचेतपूर्वक सतर्कता अपनाउनु पर्ने हुन्छ । पत्रकारलाई आप्mनो स्वार्थमा युज गर्ने प्रयास सबैले गर्दछन् यो मानवीय स्वभाव पनि हो, तर पत्रकारले कसरी किन केका लागि कुनै मानिसले युज गरिरहेको छ त्यति कुरा बुभ्mनु पर्छ, आफुलाई युज गरको छ छैन त्यसको ख्याल राख्न सक्नु पर्छ । पत्रकारिता गर्दा पत्रकार आचारसंहिताको ख्याल गर्नु पर्छ, आचारसंंहिताको पालना सही ढंगले गरियो भने पत्रकारिता गर्दा हत्तपत्त अनाहकमा लिखित गाली बेइज्जति मुद्दा खेप्नु पर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *