सेवा सहकारीको साधारण सभा सम्पन्न

इटहरी/सेवा बचत तथा ऋण सहकारी संस्था लि. इटहरीको १८ औं साधारण सभा शनिवार सहकारीको प्राङ्गणमा सम्पन्न भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठको प्रमुख आतिथ्यमा तथा संस्थाका अध्यक्ष जंगबहादुर खड्काको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा प्रमुख अतिथि श्रेष्ठले सहकारीले दुर दराजमा रहेका निम्न स्तरका जनताको गर्जो टारेको बताए ।

प्रमुख अतिथि श्रेष्ठले भने बैंकले आप्mनो फाइदा हेरेर व्याज बृद्धि गरि रहेको छ तर सहकारीले त्यसरी विच विचमा घटाउने बढाउने नगरी एकरुपता दिएकोले सहकारी प्रति जनताको विस्वास बढेको बताए । साधारण सभामा अध्यक्ष खड्काले बार्षिक प्रतिवेदन बाचन गरेका थिए भने लेखा समिति संयोजक ओमप्रसाद आचार्यले लेखा समितिको प्रतिवेदन वाचन गरेका थिए । सो कार्यक्रममा शिवालय टोल विकास संस्थाका अध्यक्ष विष्णु डाँगी, संरक्षित बचत तथा ऋण सहकारी संस्था लि. का सचिव होम शंकर दाहालले शुभकामनाा मन्तव्य व्यक्त गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कमला पाठकले गरेकी थिइन् ।

२०५५ सालमा स्थापना भएको सेवा सहकारीमा ६ हजार भन्दा बढी शेयर सदस्य रहेकाछन्,लघुवित्त कार्यक्रम संचालन गर्दै आएको सो सहकारीले शेयर सदस्यहरुलाई सुविधा पु¥याउने उद्देश्यले भरौल, झुम्का, धरान र प्रकाशपुरमा सेवा केन्द्र खोली सेवा दिदै आएको सहकारीले जनाएको छ । संस्थाले हालै इटहरी उपमहानपा वडा नं. ८ मा तीन तले सुविधा सम्पन्न भवन निर्माण गरि आप्mनै भवनबाट सेवा दिइ रहेको छ । तीन करोड भन्दा बढी शेयरपुँजी रहेको सो सहकारीले आ.व. २०७४÷०७५ मा १३ करोड ८१ लाख ३८ हजार २ सय ६७ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४८ करोड ६९लाख ८३ हजार ३९ रुपैयाँ ऋण लगानी गरि १ करोड ३२ लाख ४१ हजार ७ सय मुनाफा गरेको सहकारीको अभिलेखले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *