सिद्धार्थ सहकारीको नवौं साधारण सभा

खनार/इटहरी उपमहानगर पालिका वार्ड नं. १२ मा रहेको सिद्धार्थ कृषि सहकारी संस्थाले ९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।
सभाको अवसर पारेर शेयर सदस्यहरुको छोरा/छोरी मध्येबाट अध्यनमा उत्कृष्ट नतिजा ल्याउने मध्ये ३ जना लाई संस्थाले कदर स्वरुप नगद पुरस्कार प्रदान गरेको छ । जेष्ठ नागरिक, असल बचत कर्ता र असल ऋणीहरुलाई समेत कार्यक्रम बिच सम्मान गरेको छ ।
अ.व. २०७४/०७५ आय व्यय विवरण रु. ३३,७६,७१६/७८ प्रस्तुत गरेको थियो । कार्यक्रमको अद्घाटन प्रमुख अतिथि प्रदेश नं. १ का सांसाद माननिय निलम बस्नेत ले गरेको थियो ।

सभापतिको असल संस्थाका उपाध्यक्ष देव नारायण उपाध्यायले गरेको थिए भने स्वागत भाषण सुबोध घिमिरे र उद्घोषक निरेस लाल चौधरी ले गरेको थियो ।
साधारण सभा अधिवेशनले सर्व समिति बाट १३ सदस्यीय सचालक समिति गठन गरेको छ भने लेखा समितिमा ३ जना सदस्य रहेको छ । अध्यक्षमा देव नारायण, उपाध्यायमा बद्री नारायण चौधरी र सदस्यहरुमा सिद्धि बहादुर थापा, शिव नारायण चौधरी, सरेन्द्र प्र. बास्तोल, सुवोध प्र. घिमिरे, तारा ज्योति चौधरी, छेदुलाल विश्वास, धिरेन्द्र विश्वास, निरेश लाल चौधरी, विमला चौधरी, सन्तोषी चौधरी, तारा लक्ष्मी रंजितकार रहेका छन् भने लेखा समितिमा संयोजक सत्य नारायण चौधरी, सदस्यहरमा चतुर लाल चौधरी र हेमलता चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *