प्रविण माधुरी प्रतिष्ठान अध्यक्षमा आचार्य

इटहरी/प्रविण माधुरी सेवा प्रतिष्ठानको अध्यक्षमा देवीप्रसाद आचार्य निर्वाचित भएकाछन् ।
शनिवार इटहरी चौकमा सम्पन्न साधारण सभाले देवीप्रसाद आचार्यलाई चयन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा ख्यामप्रसाद तिम्सीना, सचिवमा हरिराम भट्टराई, सहसचिवमा राजकुमार आचार्य, कोषाध्यक्षमा लक्ष्मी थापा आचार्य चयन भएकाछन् ।

त्यसै गरि सदस्यहरुमा केदार नाथ दाहाल, भानुभक्त फुयाल, होमनाथ थपलिया, पिताम्बर भट्टराई, मेनुका पाण्डे र जानुका देवी आचार्य चयन भएकाछन् ।
प्रविण आचार्य संरक्षक रहेको सो प्रतिष्ठान साउन १३ गते विधिवत दर्ता भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले सामाजिक क्षेत्रमा रचनात्मक कार्यक्रमहरु गर्दै जाने, प्रतिष्ठानको १० लाखको अक्षय कोष रेहकाले सो कोषको संचालन कार्यविधि बनाई संचालनमा ल्याउने, विपन्न परिवारका कम्तिमा ५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने लगायतका कामहरु गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष आचार्यले बताए । साधारणसभामा प्रतिष्ठानका सल्लहाकारहरु प्रा.डा. बद्रि विशाल पोखरेल, राम कुमार बोगटी, ज्ञानप्रसाद पौडेल, धर्मराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *