अबको लडाइं गरिबीसँगः मन्त्री अर्याल

दुहवी । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले अब देशमा सुकुम्वासी नरहने दावी गरेकी छन् । सुनसरीको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको छैटौ बार्षिक साधारणसभालाई आइतबार सम्वोधन गर्दै मन्त्री अर्यालले सुकुम्वासी समस्या समाधान सम्वन्धी संसदमा विधेयक पेश भइसकेकाले पारित भएपछि शक्तिशाली सुकुम्वासी समस्या समाधान आयोग वनाइने बताइन् ।
फिल्डवाटै जग्गाधनी पूर्जा दिन सक्ने गरिको अधिकार सम्पन्न आयोग बनाइने उनले जानकारी दिइन् । आजको लडाई गरिबीसँग भएकाले यो लडाइमा श्रेष्ठता हासिल गर्नुपर्नेमा उनले जोड दिइन् । फरवार्डले गाँउ गाँउका लाखौ महिलालाई आर्थिक रुपमा सवल बनाउने अभियान चलाएको भन्दै मन्त्री अर्यालले प्रशंशा गरिन् । उनले भनिन्–‘२ लाख ३३ हजार महिलालाई संगठित गरेर आर्थिक स्वालम्वनको वाटोतर्फ अग्रसर गराउनु चानचुने कुरा होइन भन्दै फरवार्डलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकी अध्यक्ष भगवति चौधरीले २ लाख ३३ हजार गरीव महिलाको घर–घरमा पुगेर आर्थिक सवलिकरणका लागि फरवार्डले वित्तिय कार्यक्रम संचालन गरेको बताइन् । अध्यक्ष चौधरीले आफ्नो संस्थाको आठ अर्व ५० करोड बराबरको कारोबार र ३८ करोड मुनाफा भएको प्रतिवेदन प्रस्तुत गरिन् । उनले महिला दिदीवहिनी वित्तीय रुपमा सवल बनेपछि महिला हिंसा स्वतः कम हुने दावी गरिन्। कार्यक्रमलाई संस्थाका सञ्चालकहरु सविता दाहाल, केशवराज शर्मा, पूर्व सांसद शारदा कुमाल, प्रमुख कार्यकारी अधिकृत आसनारायण चौधरी लगायतले सम्वोधन गरेका थिए । ३७ जिल्लामा कार्यक्षेत्र रहेको ‘घ’ वर्गको वैक फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका देशभर १ सय १३ शाखा रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *