इटहरी उपमहानगरमा स्वास्थ्य क्षेत्रको संस्थागत क्षमता विस्तार अभियान थालियो

इटहरी । इटहरी उपमहानगरको स्वास्थ्य क्षेत्रको संस्थागत क्षमता अभिवृद्धिका लागि अभियान थालिएको छ । संघीय सरकार अन्र्तगत स्वास्थ्य मन्त्रालयको पहलमा अभियान थालिएको हो । जस अन्र्तगत स्वास्थ्य क्षेत्रको संस्थागत क्षमता विकासका लागि पाँच दिने तालिम सुरु गरिएको छ ।
देशका सात प्रदेशका सात ठाँउमा गर्न लागिएको तालिम अन्तर्गत प्रदेश नम्बर १ को इटहरीमा तालिम आयोजना गरिएको मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक सरोज न्यौपानेले जानकारी दिएका छन् । तालिममा इटहरीस्थित सरकारी स्वास्थ्य संस्थाका प्रमुखहरु, ब्यवस्थापन समिति अध्यक्षहरु, इटहरी उपमहानगरका फाँट प्रमुख लगायतको सहभागिता छ । तालिममा अहिलेको अवस्था के छ र अब तीन बर्षमा कस्तो हुने छ ? इटहरीको स्वास्थ्य क्षेत्रको सुदृढिकरणको कार्ययोजना निर्माण गरिने छ । तालिममा कविराज खनाल, मुकुन्दराज गौतम, डा. इन्दिरा बस्नेत र सरोज न्यौपानेले सहजिकरण गरिरहेका छन् । तालिमको उद्घाटनका अवसरमा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम र प्रदेश नम्वर १ का स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले यो तालिम पछि स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिमा प्रदेश नम्वर १ कै नमूनाको रुपमा इटहरी अघि बढ्ने अपेक्षा व्यक्त गरे । यो तालिम पछि मन्त्रालयले हालै तय गरेको स्वास्थ्य संस्थाहरुको सेवाको न्यूनतम स्तर इटहरीमा कार्यान्वयन गराउन कार्यक्रम गरिने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमका प्रमुख सल्लाहकार कविराज खनालका अनुसार मन्त्रालयको टोली दुई हप्ता पछि इटहरी आउने छ । टोलीले प्रत्येक स्वास्थ्य सस्था पुगेर त्यहाँको सेवाको स्तर अध्ययन गरेर मन्त्रालयले तयार गरेको स्तर कार्यावन्यन गराउन अध्ययन गर्नेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *