इटहरी खानेपानी उपभोक्ता संस्थाले जनता माविलाई स्कुल बस खरिदका लागि दियो साढे २२ लाख

इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाले जनता माध्यमिक विद्यालयलाई स्कुल वस खरिदका लागि २२ लाख ५१ हजार २ सय रकम उपलब्ध गराएको छ । संस्थाका अध्यक्ष रामप्रसाद चौलागाँईले जनता स्कुल ब्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगाललाई शुक्रबार एक कार्यक्रमकाविच चेक हस्तान्तरण गरेका छन् । विद्यालयका प्रधानाध्यपक छत्रपति ढुँगेल र खानेपानीका ब्यवस्थापक हरि कटुवालविच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा गरिव, दलित, विपन्न वर्गका विद्यार्थीलाई शिक्षाका पहुचमा ल्याउन स्कुल वस प्रयोगमा ल्याउनुपर्ने उल्लेख गरिएको छ । नाफा र ब्यवसायमुलक कार्यमा स्कुल वस प्रयोग गर्न नपाउने लेखिएको छ । इटहरी वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भट्टराई र इटहरी–९ का अध्यक्ष भूपेन्द्र बरालको रोहवरमा सम्झौता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *