कृषिको लगानीलाई सुरक्षा दिन्छौंः राज्यमन्त्री चौधरी

दमक । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्रमा भैइरहेको लगानीलाई सरकारले सुरक्षा दिने बताएकी छन् ।
झापाको दमकमा मंगलबार सुरु भएको छैटौं राष्ट्रिय पोल्ट्री दिवसलाई सम्बोधन गर्दै सो क्षेत्रमा भैइरहेको उत्साहजनक लगानीलाई सुरक्षा प्रदान गर्न सरकार तत्पर रहेको बताइन् । उनले कृषिका विविध पक्षमा लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह गरिन् । उनले देश दूध, अण्डा र मासुमा आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको बताइएकी थिइन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खुकुरा, अण्डा, फलफुल उत्पादनमा लाग्न कुखुरा पालक किसानलाई राज्यमन्त्री चौधरीले आग्रह गरिन् । उनले नेपाली कुखुरा, अण्डा र फलफुललाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु पर्नेमा जोड दिइन् । उक्त कार्यक्रममा किसान तथा व्यवसायीहरुले मासु र अण्डाको मूल्य निर्धारण हुनुपर्ने र बिद्युतमा आफूहरुले केहीहदसम्म अनुदान पाउनु पर्ने कुरा राखेका थिए । सो कार्यक्रममा १ नम्बर प्रदेश कृषि मन्त्रालयका सचिव हस्तबहादुर बिष्ट लगायतको उपस्थित रहेको थियो । दमकको नमूना मार्गको नमुना बजारमा ३ दिनसम्म चिकेन फेस्टिबल हुने आयोजकले जनाएको छ । नेपाल सरकारले २०७० साल पौष १७ गते पोल्ट्री दिवस मनाउने घोषणा गरे देखी नै प्रत्येक बर्ष मनाउदै आइरहेकोछ । सो अवसरमा अण्डा उत्पादक र कुखुरा पालक व्यवसायीहरुले मोटरसाइकल ¥याली समेत निकालेका थिए ।
सो कार्यक्रममा सहभागि हुनु अघि राज्यमन्त्री रामकुमारी चौधरीले दमकमा विद्यार्थीलाई अण्डा खुवाएकी थिइन् । साथै उनले अस्पतालका बिरामीहरुलाई अण्डा र फलफूल खुवाउन भ्याइन् । एड्भान्स मल्टि स्पेसियालिस्ट हस्पिटल प्रा.लि.मा पुगेर सबै बिरामीहरुलाई मन्त्री चौधरीले अण्डा, फल्फुल खुवाएकी थिइन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *