पत्रकार आचार संहिता र पत्रकारलाई पुरस्कार 

 

             

                  शालिग्राम पाण्डे

नेपालमा २०४६ सालको जनआन्दोलन सफल भएपछि पत्रकारिता फस्टाएको पाइन्छ । पत्रकारिताले २०४६ साल पछि फड्को मारेको छ, यति विध्न पत्रपत्रिका, एफएम, टेलीभिजन, अनलाइन् छन् पत्रकारका लागि यो सबै अवसर लोकतन्त्रको उपहार हो भन्न सकिन्छ । नेपालमा पत्रकारिता फस्टायो तर पत्रकारिता क्षेत्रले समाजलाई जुन ढंगले अगाडी डो¥याउनु पर्ने हो त्यस ढंगले समाजलाई अगाडी डो¥याउन सकेको पाइदैन ।

‘भनिन्छ वस्तु धपाउनु पछाडीबाट मानिस धपाउनु अगाडीबाट’ पत्रकारले समाजका विक्रिति विसंगति उजागर गर्दै जनतालाई प्रशिक्षित गराउने र पत्रकार आपूm पनि निस्कलंकित, इमान्दार उदाहरणीय व्यक्ति हुनु पर्ने हो । जनताले हामीलाई पत्याएका हुन्छन् हाम्रा गतिविधि समाजले अँगाली रहेको हुन्छ । हामी पत्रकारले राम्रो काम गरेमा समाजप्रति सकारात्मक सन्देश जाने छ । हाम्रो समाजमा हामी थरी–थरीका पत्रकार छौं ती मध्ये सिमितले मात्र पत्रकारिताको धर्म र मर्म अनुसार काम गरेको पाइन्छ । विदेशमा यस्ता उदाहरण पनि छन् लडाइको समाचार लेख्न गएका पत्रकारलाई गोली लाग्दा पनि समाचार लेखेर समाचार संचार गृहमा पु¥याउने प्रयास गरिए पछि मात्र पत्रकारको प्राण गएको उदाहरण पनि छन् । अर्थात पत्रकार भनेका मुलुक र जनता प्रति बलीदानी भावनाको हुनु पर्छ, पत्रकार भनेको सिंगो मुलुक र जनताको हुन सक्नु पर्छ, कुनै व्यक्ति, कुनै संस्था कुनै, राजनीतिक दल आदिको पृष्ठ पोषक हुनु हुँदैन ।

पत्रकारितामा धेरै विक्रिति विसंगतिहरु छन् ती विक्रिति विसंगतिलाई हटाउन पत्रकार महासंघ तत्पर हुनु पर्छ । नेपाल पत्रकार महासंघले पत्रकारीतामा भएको विक्रिति विसंगति हटाउन पत्रकार आचार संहितामा संसोधन गरी पत्रकार आचार संहितामा पत्रकार र संचार माध्यमले गर्न नहुने भनी धेरै बुँदाहरु उल्लेख गरेको पाइन्छ । पत्रकार आचार संहिता भनेको पत्रकारहरु स्वयंले बनाएको पत्रकारहरुले पालना गर्नु पर्ने कुराहरु हुन् । तर पत्रकार आचार संहिता कागजका पानामा सिमित भएकोजस्तो भान भएको छ । पत्रकार आचार संहितामा पत्रकार र संञ्चार माध्यमले गर्न नहुने बुँदाको ८ नं.मा विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रुपमा प्रकाशन गर्न नुहुने भनी उल्लेख गरिएको छ । तर आजभोली संचार माध्यमहरुले ६० प्रतिसत भन्दा बढी समाचारहरु विज्ञापनका रुपमा आउने विषय वस्तुबाट समाचार बनाएको पाइन्छ । एउटा नयाँ होटल खुल्ने भयो वा प्राइभेट अस्पताल खुल्ने भयो वा ठूलो मार्केट खुल्ने भयो अर्थात मोटर साइकलको विक्रि सो रुम अर्थात कारको शो रुम आदि व्यापारिक प्रतिष्ठान खुल्ने भयो भने सम्बन्धित प्रोपाइटर वा कम्पनीको मालिकहरुले संचार माध्यमलाई आप्mनो व्यापारीक प्रतिष्ठान खुल्ने बारेमा वा त्यसको विक्रि वितरणका बारेमा विज्ञापन दिनु पर्ने हो । तर कसैले पनि विज्ञापन दिने गरेको पाइदैन, विज्ञापनमा खर्च गर्नु भन्दा बरु पम्प्लेटमा खर्च गर्ने गर्दछन् । अनी ती व्यापारिक प्रतिष्ठानहरुले पत्रकार सम्मेलनका नाममा पत्रकारलाई बोलाएर आप्mनो व्यापारीक प्रतिष्ठानको विज्ञापनको सट्टा समाचार लेख्न लाउछन् । हामी पत्रकार पनि खुव ठूलो समाचार स्कुप न्यूज रहेछ भनेर विज्ञापनलाई समाचार बनाई समाचार लेखिरहेकाछौं ।

सबैले विज्ञापनलाई समाचारका रुपमा प्रस्तुति गरे पछि एउटा संचार माध्यमले सो विज्ञापनलाई समाचारका रुपमा प्रकासन वा प्रसारण गरेन भने बजारमा सो संचार माध्यम प्रति अनावश्यक टिका टिप्पणी हुने गर्दछ । एउटा भनाई छ ‘गाँस छाड्नु तर साथ नछाड्नु’ भन्ने त्यसैले कतिपय पत्रकारहरुले नचाहेर पनि विज्ञापनलाई समाचार बनाउनु पर्ने बाध्यता भएको छ । विज्ञापनलाई समाचार नबनाएमा भोलि बात लाग्ने डर हुन्छ, एक्लो पारिने डर हुन्छ । त्यसैले कतिपय पत्रकारले यो विज्ञापन हो भनेर जान्दा जान्दै पनि पत्रकार आचार संहिताको मुटुलाई ढुंगाले थिचेर समाचार लेख्नु पर्ने बाध्यता छ । अधिकांश पत्रकारलाई समाचार र विज्ञापन छुट्याउन आउँदैन, हामीलाई व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका नेताले आफु अनुकूल प्रयोग गरिरहेको हामी थाहा पाउँदैनौं । यसमा नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई तालिम दिनु पर्ने अवस्था देखिन्छ । पत्रकार महासंघले सर्व प्रथम त पत्रकारको योग्यता कति हुनु पर्ने सो योग्यता तोक्नु पर्छ ।

त्यस पछि योग्यता पुगेका पत्रकारलाई तालिम दिएर समाजलाई कसरी बदल्ने समाज कता तर्फ गै रहेको छ ? समाज बदल्नका लागी के कस्ता गारा अप्ठ्यारा छन् आदिका बारेमा पत्रकारले समाचार लेख्ने छन् ।
पछिल्लो समयमा आएर विभिन्न व्यक्ति वा संस्था, राजनीतिक दल आदिले पुरस्कारका नाममा पत्रकारलाई प्रभावित पार्ने गरेको पाइन्छ । सहकारीहरु, कलेजहरु, विभिन्न संघ संस्था, नागरपाकिला, गाउँपालिका आदि सबैले पत्रकारलाई पुरस्कार लिएर मुखमा बुझो लाइदिने गरेको पाइन्छ । पत्रकारलाई पुरस्कारको प्रलोभन देखाएर विभिन्न संघ संस्थाहरुले अनियमितता गरेको अवस्था देखिन्छ । कतिपय संस्थाले विशुद्ध ढंगले पत्रकारलाई पुरस्कृत गर्न खोजेको भए पनि धेरैले पत्रकारलाई प्रलोभनमा पारेर पुरस्कार दिने प्रचलन आएकाले त्यस्ता विशुद्ध संस्थाहरु पनि त्यही कोटीमा पर्ने गरेको पाइन्छ । यिनै यस्तै विक्रिति विसंगतिका कारण नेपाल पत्रकार महासंघले पत्रकारहरुले के गर्ने के नगर्ने बारेमा पत्रकारहरु विच आम छलफल गरेर पत्रकार आचार संहिता पास गरिएको छ । पत्रकार र संचार माध्यमले गर्नु नहुने विषयको बुँदा नं.१३ मा पेशागत मर्यादाविपरित उपहार तथा पुरस्कार ग्रहण गर्न नहुने भनी उल्लेख गरिएको छ ।

सो १३ नं.बुँदामा पत्रकार तथा संचार माध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकुल प्रभाव पर्ने गरि कुनै पनि सरकारी गैर सरकारी निकाय, व्यापारीक प्रतिष्ठान, संघ संस्था वा व्यक्तिबाट कुनै पनि पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनु हुँदैन भन्ने उल्लेख गरिएको पाइन्छ । व्यवहारमा के छ भने सहकारी संस्थाको साधारण सभामा पत्रकारलाई सम्मान गर्ने, पुरस्कृति गर्ने त्यसो भएमा सो सहकारीको भित्र अनियमितता कसैले खोतल्नै भएन । कसैले खोतली हाले पनि संचार माध्यममा आउने भएन किनकी सबै पत्रकारलाई पुरस्कार तथा सम्मानको प्रलोभन छ । कुनै निजी क्याम्पस तथा बोर्डिङ स्कुल आदी शैक्षिक संस्थाहरु, विभिन्न संघ संस्था सबैले आज भोली वार्षिक उत्सव, साधारणसभा अर्थात विभिन्न कार्यक्रमहरुमा पत्रकारहरुलाई पालो मिलाएर पुरस्कृत तथा सम्मानित गर्ने गरिएको पाइन्छ । व्यापारीक प्रतिष्ठानहरुले आज भोली विज्ञापनमा छुट्याएको रकम समेत पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने गरेर पत्रकारलाई प्रभाव पार्ने गरेको पाइन्छ ।
ती अमुक संस्था तथा व्यापारिक प्रतिष्ठान, सहकारी संस्थाहरुले दिने गरीको पुरस्कार कस्का लागि ? के का लागि ? के कुन आधारमा छनोट गरिएको हो ? छनोट समितिमा को को थियो ? यी कुनै कुरा उल्लेख गरिएको पाइदैन । पुरस्कारको खास विधि हुनु पर्छ, प्रकृया हुनु पर्छ, कस्लाई किन दिइदैछ त्यसको आधार हुनु पर्छ, निर्णायक मण्डल हुनु पर्छ । जुन पुरस्कार त्यसरी विधिविधान ढंगले छनोट गरेर दिइएको हुन्छ सो पुरस्कारको खास अर्थ हुन्छ । पत्रकारलाई प्रभाव पार्न कुन पत्रकारको कुन कहाँँ के कसे योगदान छ त्यसको मुल्याँकन नै नगरी छनोट समिति नबनाई । नेपाल पत्रकार महासंघ संग समन्वय नगरि गरिने पुरस्कारको कुनै अर्थ रहने छैन । दामाशाहीले सबैलाई पुग्ने गरि अर्थात बर्सेनि मिलाएर सबैलाई दिने गरी बाँडिने अर्थात बर्सेनि सबैलाई पालो गरि प्रलोभनमा पार्ने उद्देश्यले गरिएको पुरस्कारको के अर्थ रहला ? यस्ता पुरस्कार तथा सम्मान केबल पद, शक्ति र सत्तामा रहि रहेनेहरुले आफु विरुद्धमा संचार माध्यममा कुनै टिका टिप्पणी नआओस् भन्ने खेल मात्र हो ।
पत्रकारीता पेसा आफैमा जोखिम पेसा हो, मुलुक र समाज प्रति समर्पित हुन नसक्ने व्यक्ति पत्रकार हुन सक्दैन ।

जति खेर पत्रकारको कलम चलि रहेको हुन्छ त्यस समयमा पत्रकारले आप्mना साथी, आफन्त, नातागोता, जात, धर्म, सिद्धान्त आदी बिर्सेर सिर्फ मुलुक र जनताको बारेमा कलम चलाई रहेको हुन्छ । पत्रकार त्यस्तो प्राणीहो जो आफुलाई जोखिममा राखेर आम जनतालाई बचाउने प्रयासमा प्रयत्नरत रहन्छन् । त्यसैले पत्रकारको समाजमा मान, प्रतिष्ठा, इज्जत अन्य व्यक्तिहरुको दाँजोमा फरक रहेको हुन्छ । नेपालमा पत्रकारलाई सरकारको चौधो अंग भन्ने गरेको पाइन्छ । तर व्यवहारमा भने पत्रकारलाई आफुअनुकुल लेख्न लाउने नत्र कुट्ने, पिट्ने, धाकधम्की दिने, अपहरण गर्ने, ज्यानै लिने सम्मका हर्कत हुने गरेका छन् । विक्रिति विसंगतिका बारेमा, घुस, भ्रष्टाचार अनियमितताका बारेमा लेखेकोलाई रिसइवी लिएर धेरै पत्रकारको ज्यान लिएको अवस्था छ । कुटाई नखाने, गाली नखाने, धम्की नआएका पत्रकारहरु सायदै होलान् । भनिन्छ पत्रकारिता गरेका मासिनले गाली वा ताली खानुलाई सफलता मानिन्छ ।

नेपालमा २०४६ सालमा लोकतन्त्र आएको भए पनि पूर्वराजा ज्ञानेन्द्रको माघ १९को घोषणाले लोकतन्त्र गुमि सेकको अवस्था थियो । सो समयमा नेताहरु केही नजरबन्दमा थिए केही जेलमा थिए केही नेताहरु भने लुकिछिपी, घरगृहस्थी चलाएर चुपचापको अवस्थामा थिए । त्यस समयमा पत्रकार, वकील र नागरिक समाजले नेताहरुलाई सडकमा विस्तारै ल्याए । विस्तारै विस्तारै सडक तात्दै गयो र २०६२÷०६३को १९ दिने आन्दोलन ले पुन मुलुकमा लोकतन्त्र स्थापना गरेको छ ।
पत्रकारले कलम चलाएका कारण मुलुकमा धेरै परिवर्तन भयो तर जति हुनु पर्ने अझै भएको छैन । लोकतन्त्र आएपछि पत्रकारहरुले संविधानसभाको निर्वाचन गराउनमा संविधान निर्माणमा अधिकांस पत्रकारहरुले कलम चलाए जसकाकारण राजनीतिक दलहरुलाई दवाव पुगेकाले नेताहरु एक ठाउँमा उभिएर संविधान निर्माण गरी छाडे । केही पत्रकारहरुले भने पूर्वराजा ज्ञानेन्द्रलाई साथ दिएको र जता मल्खु उतै ढल्कुको वातावरणमा पत्रकारीतालाई बद्नाम बनाई रहेको अवस्था पनि सबैमा जगजाहेर छ । नेपालमा पत्रकारहरुले एकातिर उदाहरणीय कार्य गरेकाछन् मुलुक र समाजका लागि विषेश योगदान गरेकाछन् । अर्को तिर पत्रकारिताका नाममा गलत काम गर्ने पत्रकारहरु पनि उत्तिकै छन् । पत्रकारीताको खोल ओढेर समाजमा विक्रिति विसंगति फैलाउने पत्रकारलाई पत्रकार महासंघले कारबाही गर्नु पर्नेमा महासंघले त्यस्ता बद्नाम पत्रकारहरुलाई किन कारबाही गरिरहेको छैन आम पत्रकारको यस तर्फ ध्यान जानु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *