‘जिरो’ को अपेक्षा अनुसार व्यापार भएन, अब ‘डन ३’ गर्दै शाहरुख

एजेन्सी,

किंग खानको फिल्म ‘जिरो’ लाई बक्सअफिसमा राम्रो रेस्पोन्स मिलेको छैन । रिलिजको पाँच दिनमा २ सय करोडमा बनेको यो फिल्मले ८२ करोड मात्र कमाउन सफल भएको छ । यसबीच अब शाहरुख आफ्नो नयाँ फिल्मको सुटिङ ज्वाइन गर्ने तयारीमा छन् ।

’डन’ फिल्मका निर्देशक फरहान अख्तरले उनलाई फिल्मको तेस्रो पार्ट चाँडै सुरु गर्ने जानकारी दिएका छन् । खबरअनुसार, ‘डन ३’ को स्क्रिप्ट ’लक’ भइसकेको छ र शाहरुखले अर्को वर्षबाट सुरु गर्ने निर्णय लिएका छन् । फरहान गएको एक वर्षदेखि ‘डन ३’ को स्क्रिप्टमा काम गरिरहेका थिए ।

निर्माताको भनाईलाई आधार मान्ने हो भने ‘डन ३’ को कहानी निकै अलग छ, जसको पहिलो र दोस्रो सिरिजसँग कुनै सम्बन्ध हुने छैन । फिल्ममा फेरि शाहरुखको जोडीको रुपमा अभिनेत्री प्रियंका चोपडा देखिने चर्चा छ । तर, उनीसँग तत्काल डेट्स नभएको बताइएको छ ।

शाहरुख र प्रियंकाबीच चलिरहेको कोल्ड वारका कारण पनि उनले फिल्म गर्ने सम्भावना निकै न्यून रहेको भारतीय मिडियाले बताएका छन् । ‘डन ३’ भन्दा पहिला शाहरुखले निर्देशक फरहानलाई ’सारे जहां से अच्छा’ को सुटिङ भ्याएपछि उनको फिल्म गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *