पत्रकार र जेसिजकर्मी सम्मानित

भद्रपुर / वीरता जेसिजले ३८औँ साधारणसभाका अवसरमा दुई वटा पुरस्कार वितरण गरेको छ ।

झापाको विर्तामोडमा आयोजित कार्यक्रममा मदन ढकाल स्मृति वीरता जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट लक्ष्मी काफ्ले सम्मानित हुनुभएको छ । उहाँ ‘नयाँ पत्रिका’ दैनिकको झापा समाचारदाता हुनुहुन्छ ।

त्यस्तै दीलकुमार स्मृति वीरता जेसिज सक्रिय पूर्वअध्यक्ष पुरस्कार संस्थाका पूर्वअध्यक्ष विनोद बस्नेतलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही रु १५ हजार ५०० रहेको जेसिजका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

भद्रपुर जेसिजको भवन निर्माणका लागि वीरता जेसिजले रु ११ हजार ५०० सहयोग प्रदान गरेको छ । वीरता जेसिजको अधिवेशनबाट सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया पनि शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *